सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रका रुपमा कायम गर्न आग्रह


  •    न्युजभित्तो/२३ भाद्र २०८२, सोमबार १७:१२ 
  • काठमाडौँ, २३ भदौ । आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न तथा  बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रको रुपमा कायम गर्न अभियानकर्मीहरुले आग्रह गरेका छन् । 
    बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आज विज्ञप्ति जारी गर्दै काठमाडौँ तथा देशका विभिन्न स्थानमा ‘जेनजी’ प्रदर्शनमा बालबालिकाको प्रयोग र बालबालिका घाइते भएकाप्रति ध्यानार्कषण भएको जनाएको हो । 
    सिजपका अध्यक्ष तिलोत्तम पौडेलले  बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रका रुपमा कायम गर्न सिजपका तर्फबाट सरकार, नेपाल प्रहरी र सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । 
    “माइतीघर मण्डलाबाट सुरु भएको ¥यालीमा विद्यालयको पोसाकमा सयौँ बालबालिका सहभागी भएका समाचार सञ्चारमाध्यममा प्रकाशित भएका छन”, विज्ञप्तिमा भनिएको छ, “आन्दोलनमा बालबालिकाको प्रयोग गर्नु बालअधिकारविरुद्ध भएकाले उक्त कार्यमा बालबालिकाको प्रयोग नगर्न सिजप सबैको ध्यानाकर्षण गराउँछ ।” 
    सिजपले काठमाडौँ तथा देशका विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेसँगै विद्यालयमा रहेका बालबालिकालाई सुरक्षित रुपमा घरसम्म पुग्न सहज वातावरण बनाउन अनुरोध गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.