सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दिउँसै दराज फुटाएर १३ तोला सुन र डेढलाख नगद चोरी


  •    न्युजभित्तो/२४ पुष २०७६, बिहीबार २२:०७ 
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्वर–३, नौघरेमा घरमा मानिस नभएको मौका छोपी १३ तोला सुन र डेढ लाख रुपैयाँ नगद चोरी भएको छ । चोरले स्थानीय सूर्यबहादुर बस्नेतको घरमा मानिस नभएको मौका छोपी हिजो दिउँसो ४ बजेतिर नगद र गरगहना चोरी गरेको हो ।

    बस्नेतले आफु घरमा नभएको र श्रीमती मनु बस्नेत पनि कामले घरबाट बजार गएको मौका छोपी चोरले घरको तेस्रो तलाको चाबी खोलेर दराज फुटाई नगद डेढ लाख रुपैयाँ र १३ तोला सुनका गरगहना चोरी गरेको बताउनुभयो । श्रीमती मनु साढे दुई बजे घरबाट बजार जानुभएको र साँझ सवा पाँच बजे घर फर्किदा चोरी भएको देखेपछि प्रहरीलाई खबर गरेको सूर्यबहादुरले जानकारी दिनुभयो ।

    चोरले पूजा कोठामा रहेको साँचो पत्ता लगाएर ढोकाको चाबी खोलेर दराज फुटाई चोरी गरेको पनि उहाँले बताउनुभयो । चितवन प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.