सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध प्रदर्शन: भरतपुर तनावग्रस्त
न्युजभित्तो/२३ भाद्र २०८२, सोमबार १४:५३
काठमाडौं, २३ भदौ । चितवनको भरतपुर पनि तनावग्रस्त बनेको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले अनलाइनखबरलाई जानारी दिए ।
एक हजारदेखि १५ सयको संख्यामा रहेका जेनजीहरूले ढुंगामुढा गर्दै भरतपुर महानगरपालिकाको कार्यालय तोडफोडको प्रयास भएपछि अश्रुग्यास प्रहार गर्नुपरेको उनले बताए ।
अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरू अहिल तितरबितर बनेको उनले बताए ।
जेनजीले भरतपुर महानगरपालिकाको पुल्चोकमा समेत प्रदर्शन गरेका छन् ।