सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

परम्परागत थारु पहिरन बिक्री गरेर जीविका चलाउदै चौधरी


  •    न्युजभित्तो/२३ भाद्र २०८२, सोमबार ११:५० 
  • कञ्चनपुर, २३ भदौ । कैलालीको धनगढी उपमहानगरपालिका–७ जोखरतालका सुुशील चौधरी विगत एक दशकदेखि थारु समुदायका महिलाले लगाउने परम्परागत पहिरन बिक्री गर्दै आउनुभएको छ । उहाँ कञ्चनपुरका थारु बस्ती—पिपलाडी, बेलौरी, लालपुर, देखतभूली, जाई, बञ्जरिया, शान्तिपुरलगायतका क्षेत्रमा पुगेर बिक्री गर्नुहुन्छ । उहाँले थारु महिलाको परम्परागत लेहङ्गा, चोल्या, मादलमा लगाउने झालर तथा पुरुषले लगाउने धोती बेच्ने गर्नुहुन्छ । उहाँका अनुसार सामान्य समयमा थोरै बिक्री भए पनि दसँैं, तिहार लगायतका चाडपर्वका बेला बिक्री निकै बढ्छ । महिनामा रु ३० हजारदेखि ४० हजारसम्मको आम्दानी हुने उहाँ बताउनुहुन्छ ।

    चाडपर्वमा भने आम्दानी तेब्बर हुन्छ । उहाँकी श्रीमती रुपा चौधरीले यी परम्परागत पोसाक तयार गर्ने गर्नुहुन्छ । रुपाले छ महिनाको सिलाइकटाइ तालिम लिएर थारु महिलाका लागि विशेष पहिरन बनाउँदै आउनुभएको छ । उहाँका अनुसार, लेहङ्गा र चोल्या बनाउन तीनदेखि पाँच दिनसम्म लाग्छ । पहिरन बनाउन सितारा, कटौती, गोठ, नेफा, टुना जस्ता कलात्मक डिजाइन र रङ्गीचङ्गी कपडा प्रयोग गरिन्छ ।

    सामान्य लेहङ्गा बनाउन करिब रु तीन हजार पाँच सय लागत पर्छ, भने बुट्टावाला लेहङ्गामा रु छ हजार पाँच सय लागत लाग्छ । ती लेहङ्गा क्रमशः रु चार हजार पाँच सय सात हजार पाँच सयमा बिक्री हुन्छन् । त्यस्तै, तीन सय लागतमा तयार हुने चोल्या पाँच सयदेखि सात सयमा बिक्री हुन्छ भने तीन सयमा तयार हुने धोती भने पाँच सयमा बिक्री हुने गरेको छ ।

    रुपाले बजारको अवस्था हेरेर र मागअनुसार चोल्या र लेहङ्गा तयार गर्ने बताउनुभयो । अरु बेला अन्य महिलाका कपडा जस्तै लेडिज सुट, ब्लाउज, पेटिकोट, मेक्सी पनि सिलाइ गर्ने कार्य उहाँले गर्दै आउनुभएको छ । चौधरी दम्पतीले हाल परम्परागत तथा आधुनिक कपडा तयार गर्ने पसलमा झण्डै रु १२ लाख लगानी गरेका छन् ।

    सुशीलले तयारी कपडा बेच्ने कार्यसँगै फुर्सदमा प्लम्बरको काम गरेर अतिरिक्त आम्दानी गर्दै आउनुभएको छ । चौधरी दम्पतीले कपडा व्यवसायबाट वार्षिक झण्डै रु छ लाख जति आम्दानी गर्दै आएका छन् ।

    उहाँका अनुसार थारु महिलाले मात्र लेहङ्गा–चोल्या लगाउने भएकाले चाहेजति बिक्री सम्भव हुँदैन । त्यसैले अन्य तयारी पोसाक सिलाइको गरेर जीविका चलाउनुपर्ने बाध्यता छ । “सिलाइकटाइ र परम्परागत कपडाको आम्दानीले परिवारको घरखर्च जेनतेन धानेको छ,” उहाँले भन्नुभयो । रासस

    कञ्चनपुर, २३ भदौ । कैलालीको धनगढी उपमहानगरपालिका–७ जोखरतालका सुुशील चौधरी विगत एक दशकदेखि थारु समुदायका महिलाले लगाउने परम्परागत पहिरन बिक्री गर्दै आउनुभएको छ । उहाँ कञ्चनपुरका थारु बस्ती—पिपलाडी, बेलौरी, लालपुर, देखतभूली, जाई, बञ्जरिया, शान्तिपुरलगायतका क्षेत्रमा पुगेर बिक्री गर्नुहुन्छ । उहाँले थारु महिलाको परम्परागत लेहङ्गा, चोल्या, मादलमा लगाउने झालर तथा पुरुषले लगाउने धोती बेच्ने गर्नुहुन्छ । उहाँका अनुसार सामान्य समयमा थोरै बिक्री भए पनि दसँैं, तिहार लगायतका चाडपर्वका बेला बिक्री निकै बढ्छ । महिनामा रु ३० हजारदेखि ४० हजारसम्मको आम्दानी हुने उहाँ बताउनुहुन्छ ।

    चाडपर्वमा भने आम्दानी तेब्बर हुन्छ । उहाँकी श्रीमती रुपा चौधरीले यी परम्परागत पोसाक तयार गर्ने गर्नुहुन्छ । रुपाले छ महिनाको सिलाइकटाइ तालिम लिएर थारु महिलाका लागि विशेष पहिरन बनाउँदै आउनुभएको छ । उहाँका अनुसार, लेहङ्गा र चोल्या बनाउन तीनदेखि पाँच दिनसम्म लाग्छ । पहिरन बनाउन सितारा, कटौती, गोठ, नेफा, टुना जस्ता कलात्मक डिजाइन र रङ्गीचङ्गी कपडा प्रयोग गरिन्छ ।

    सामान्य लेहङ्गा बनाउन करिब रु तीन हजार पाँच सय लागत पर्छ, भने बुट्टावाला लेहङ्गामा रु छ हजार पाँच सय लागत लाग्छ । ती लेहङ्गा क्रमशः रु चार हजार पाँच सय सात हजार पाँच सयमा बिक्री हुन्छन् । त्यस्तै, तीन सय लागतमा तयार हुने चोल्या पाँच सयदेखि सात सयमा बिक्री हुन्छ भने तीन सयमा तयार हुने धोती भने पाँच सयमा बिक्री हुने गरेको छ ।

    रुपाले बजारको अवस्था हेरेर र मागअनुसार चोल्या र लेहङ्गा तयार गर्ने बताउनुभयो । अरु बेला अन्य महिलाका कपडा जस्तै लेडिज सुट, ब्लाउज, पेटिकोट, मेक्सी पनि सिलाइ गर्ने कार्य उहाँले गर्दै आउनुभएको छ । चौधरी दम्पतीले हाल परम्परागत तथा आधुनिक कपडा तयार गर्ने पसलमा झण्डै रु १२ लाख लगानी गरेका छन् ।

    सुशीलले तयारी कपडा बेच्ने कार्यसँगै फुर्सदमा प्लम्बरको काम गरेर अतिरिक्त आम्दानी गर्दै आउनुभएको छ । चौधरी दम्पतीले कपडा व्यवसायबाट वार्षिक झण्डै रु छ लाख जति आम्दानी गर्दै आएका छन् ।

    उहाँका अनुसार थारु महिलाले मात्र लेहङ्गा–चोल्या लगाउने भएकाले चाहेजति बिक्री सम्भव हुँदैन । त्यसैले अन्य तयारी पोसाक सिलाइको गरेर जीविका चलाउनुपर्ने बाध्यता छ । “सिलाइकटाइ र परम्परागत कपडाको आम्दानीले परिवारको घरखर्च जेनतेन धानेको छ,” उहाँले भन्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.