सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तद्वारा शपथ ग्रहण


  •    न्युजभित्तो/२४ पुष २०७६, बिहीबार २०:३१ 
  • काठमाडौँ । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमुख आयुक्त महेन्द्रमान गुरुङले शपथ लिनुभएको थियो भने आयुक्तद्वय कमला वली र दीपक मैनालीले प्रमुख आयुक्त गुरुङबाट शपथ लिनुभयो ।

    आजै उहाँहरुले आफ्नो कार्यभार सम्हाल्नुभएको आयोगका सूचना अधिकारी बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । उहाँहरुको पदावधि पाँच वर्षको हुन्छ ।

    कार्यक्रममा उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी, सूचना आयोगका सचिव मणिराम ओझालगायत उपस्थित हुनुहुन्थ्यो । यस अघिका प्रमुख सुचना आयुक्त कृष्णहरि बाँस्कोटा तथा सूचना आयुक्तद्वय किरण पोखरेल र यशोदा तिमिल्सिनाको पदावधि हिजो बुधबार सकिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.