हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–३ संसदीय दलको बैठक भोलि पुनः बस्ने गरी आज स्थगित भएको छ । चौथो दिन पनि अन्तिम निर्णयमा पुग्न नसकेको बैठक पुनः भोलि विहान ११ वजे बस्ने गरी आजलाई स्थगित भएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम वागमती राख्ने निर्णय गरी निर्देशन दिईसकेको छ ।
आजको बैठकमा पनि प्रदेश सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए । प्रदेश संसदीय दलभित्र रहेका केन्द्रीय नेतृत्व र नेकपा ३ नम्बर प्रदेशका नेतृत्वबीच थप छलफल गर्ने भन्दै बैठक स्थगित भएको नेकपा प्रदेश ३ संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँलले बताउनुभयो ।
स्थायी राजधानी हेटौँडालाई निर्णय गर्ने विषयमा पक्ष र विपक्षमा कुरा राख्ने तथा केन्द्रको निर्देशन मान्ने र नमान्ने भन्ने बारेमै संसदीय दलको बैठक लम्बिएको हो । सांसदहरुले आफ्ना कुरा दोहोर्याएर राख्न थालेपछि संसदीय दलको बैठक लम्बिएको हो ।
बैठकमा संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणी पौडेल, उपनेता एवं आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, मन्त्रीहरु, सांसद एवम् नेकपा ३ नम्बर प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सह–इन्चार्ज काशीनाथ अधिकारी लगायतले आफ्ना धारणा राखिसकेका छन् । भाषण गर्न माहिर रहेका सांसद र मन्त्रीहरुले एउटै कुरामा चार दिन सम्म बैठक बसेपनि निष्कर्ष निकाल्नुको सट्टा पाँचौ दिन पनि बैठक बस्ने भएका हुन् ।
प्रदेशको राजधानी हेटौंडा र नाम वागमती राख्ने विषयमा दोस्रो पटक नेकपाको सचिवालयले निर्देशन दिएपछि अब सो निर्देशनलाई कार्यान्वयन गर्ने प्रतिवद्धता सहित प्रदेशका शीर्ष नेताहरु हेटौंडा फर्किएका हुन् । अब भने दिनमा राजधानी र नामकरणका विषयमा महतदान गर्ने तयारी गरिएको बताइएको छ ।