सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राससकर्मी दर्नाललाई ‘भैरव रिसाल मिडिया लेखनवृत्ति’


  •    न्युजभित्तो/२२ भाद्र २०८२, आईतवार १३:०३ 
  • काठमाडौँ, २२ भदौक । राष्ट्रिय समाचार समिति  (रासस) कर्मी सुशील दर्नाललाई ‘भैरव रिसाल मिडिया लेखनवृत्ति’ प्रदान गरिएको छ । वातावरण र जनस्वास्थ्य सस्था (एन्फो)ले आफ्नो २४औँ वार्षिक साधारणसभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उक्त लेखनवृत्ति प्रदान गरेको हो ।

    एन्फोका अध्यक्ष डा राजेश जोशी र खानेपानी मन्त्रालयका सह–सचिव मिना श्रेष्ठले लेखनवृत्ति प्रदान गर्नुभयो । विगत १६ वर्षदेखि पत्रकारितामा सक्रिय पत्रकार दर्नालले दर्नालले यसअघि बङ्गलादेशबाट ‘लिडरशिप अवार्ड–२०७६’, नेपाल सरकारको ‘युवा पत्रकारिता पुरस्कार, २०८१’ प्राप्त गरिसक्नुभएको छ ।

    साथै उहाँले नेपाल सरकार ‘केन्द्रीय बालकल्याण समिति’ र ‘नेपाल पत्रकार महासङ्घ’ ले संयुक्त रुपमा प्रदान गरेको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७४’, रिपोटर्स क्लब नेपालले प्रदान गरेको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार, २०७४’ र प्रेस काउन्सिल नेपालले प्रदान गरेको ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार, २०७३’ प्राप्त गरिसक्नु भएको छ ।

    उहाँलाई पत्रकारिताको माध्यमबाट मानव बेचविखन तथा ओसारपसारविरुद्धको अभियानमा जनजागरण र सचेतना फैलाउने कार्यमा योगदान पु¥याए वापत नेपाल सरकार, महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विंस २०७६ सालमा सम्मान गरेको थियो । त्यसैगरी शहिदको सम्मान, प्रबर्द्धन तथा शहिदले देखाएको बाटोमा अग्रसर हुन पत्रकारिताको माध्यमबाट योगदान पु¥याएको भन्दै विंस २०६९ मा सम्मान गरेको थियो । सिमान्तकृत समुदायबारे कलम चलाउने पत्रकार दर्नालले २०७७ र २०८१ सालमा ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ र ‘माया पनि बिटुलो’ नामक पुस्तक लेख्नुभएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.