सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पौवादुङमा गाउँपालिकामा प्रभावकारी बन्दै ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम


  •    न्युजभित्तो/१९ भाद्र २०८२, बिहीबार १४:४३ 
  • भोजपुर, १९ भदौ । भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहेको ‘आफैँ, पाल्दै आफैँ खादै’ कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सञ्चालन भइरहेको उक्त कार्यक्रम प्रभावकारी बनेको हो । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले यहाँका सबै छ वटै वडाका गर्भवती तथा सुत्केरीलाई एक एक ओटा भाले र दुई पोथी कुखुरा वितरण गर्दै आएको छ ।

    वितरण गरिएको कुखुरालाई पालेर उनीहरुले आवश्यक रूपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो ।

    “गर्भवती र सुत्केरीको स्वास्थ्यलाई लक्षित गरेर आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम सञ्चालन भइरहेको छ,” उहाँले भन्नुभयो, “यो कार्यक्रम अन्तर्गत पोथी र भाले कुखुरा वितरण गर्दै आएका छौँ । महिलाको पोषणलाई ध्यानमा राख्दै यो कार्यक्रम सञ्चालन गरेका हौँ ।”

    यो कार्यक्रम अन्तर्गत वर्षमा दुई पटक कुखुरा वितरण गरिेने गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । यसरी वितरण गरिएको पोथी भने उनीहरुले दुई वर्षसम्म पाल्नुपर्ने उहाँको भनाइ छ । “सुत्केरीलाई लक्षित गरेर सञ्चालन भइरहेको यो कार्यक्रम प्रभावकारी बनेको छ” उपाध्यक्ष राईले भन्नुभयो, “वितरण गरिएको कुखुरा अनिवार्य रूपमा दुई वर्षसम्म पाल्नु पर्ने हुन्छ ।”

    यसअघिको सुत्केरीका लागि रहेको रातोभाले कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०८०/८१ देखि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । नियमित रूपमा गर्भ परीक्षण गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई गाउँपालिकाले आवश्यक प्रोत्साहन गर्दैै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.