सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मध्यपूर्वमा देखिएको तनावले नेपाली बजारमा पेट्रोलियम पदार्थको ‘तत्काल अभाव नहुने’


  •    न्युजभित्तो/२४ पुष २०७६, बिहीबार १२:३२ 
  • काठमाडौँ । इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। तर त्यसबाट नेपाली बजारमा ‘तत्काल ठूलो असर नपर्ने’ नेपाल आयल निगमका अधिकारीहरूले बताएका छन्।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भारतबाट किन्ने गरेको छ। भारतले ८० प्रतिशतभन्दा बढी तेल इरानसहित मध्यपूर्वका अन्य देशबाट आयात गर्ने हुँदा अमेरिका–इरान तनावका कारण त्यहाँ विकसित परिस्थितिको प्रभाव नेपाली बजारमा पनि पर्न सक्ने अनुमान धेरैले गरेका थिए।

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा नेपाली बजारमा पनि सामान्य रूपमा मूल्य बढ्ने तर पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नआउने निगमले जनाएको छ। ‘हाम्रो खरिदमै मूल्य बढेर आयो भने हामीले पनि बढाउनुपर्ने हुन्छ। तर हामी जथाभावी मूल्य बढाउँदैनौँ’, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने।

    ‘मूल्यबारे निर्णय लिँदा मुद्रास्फीतिको दर, महँगी तथा आर्थिक वृद्धिदरलाई असर नगर्नेगरी र कुनै पनि परियोजनाको लागत नबढ्नेगरी निर्णय लिन्छौँ’, उनले भने।

    कच्चा तेलको मूल्य एक डलरले मात्र बढ्दा निगमलाई मासिक १८ करोड भार पर्ने अधिकारीहरूले बताउने गरेका छन् । नेपाली मुद्रा अमेरिकी डलरसँग एक रुपैयाँ मात्र कमजोर हुँदा नेपाललाई मासिक १४ करोड रुपैयाँ घाटा पर्छ। केही महिनाअघि साउदी तेलखानीमा आक्रमण हुँदा अन्तर्राष्ट्रिय बजारमा छ रुपैयाँ प्रतिलिटर मूल्य बढेको भए पनि निगमले नेपाली बजारमा मूल्य नबढाएको उदाहरण उनले सुनाए।

    आपूर्तिमा असर नपर्ने
    मध्यपूर्वमा विकसित तनावपूर्ण परिस्थितिका कारण अहिले नेपालमा बजारमा पेट्रोलियम पदार्थको अभाव नहुने र आपूर्तिमा असर नपर्ने निगमले जनाएको छ।

    नेपालाई सरकारको भारतीय तेल निगमले तेल बेच्ने गरेको र उसले आवश्यक पर्ने पेट्रोलियम पदार्थ उपलब्ध गराउने वचन दिएको बताइएको छ। आफूहरू निरन्तर उनीहरूको सम्पर्कमा रहेको निगमका कार्यकारी निर्देशक पौडेलको भनाइ छ। उनका अनुसार अमेरिका–इरान तनाव अझै एकदुई महिना लम्बिए पनि नेपालमा तेल आपूर्ति प्रभावित हुँदैन। ‘तर विवाद त्योभन्दा लामो समय गयो भने के हुन्छ भन्न सकिने कुरा भएन’, उनले भने।

    भण्डारणको अवस्था
    नेपाल आयल निगमको भण्डारण क्षमता निकै कम छ। निगमका अनुसार आयात रोकिएमा १० दिनसम्मका लागि मात्र पुग्ने इन्धन भण्डारण गर्ने क्षमता निगमसँग छ।

    तर हाल भारतसँग पेट्रोलियम पाइपलाइनमार्फत् जोडिएकाले भण्डारण क्षमताको कमीले कुनै पनि असर नपार्ने निगमको दाबी छ। चालु आर्थिक वर्ष भित्र हालको भन्दा भण्डारण क्षमता ५० प्रतिशत वृद्धि गर्ने गरी काम भइरहेको निगमले जनाएको छ। पोखरा र भैरहवामा भण्डार बनाउन बोलपत्र आह्वान गर्ने काम भइरहेको र अन्य ठाउँमा पनि विस्तारको योजना निगमले अघि बढाएको पौडेलले बताए। बीबीसीबाट

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.