सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्याग्दीका किसानलाई कृषि उत्पादन तथा पशुपालनमा अनुदान


  •    न्युजभित्तो/१८ भाद्र २०८२, बुधबार १२:४३ 
  • म्याग्दी, १८ भदौ । आर्थिक वर्ष २०८२/८३ मा म्याग्दीका किसानहरुका लागि अनुदान वितरण गर्न चार करोड २३ लाख बजेट प्राप्त भएको छ ।

    किसानलाई वितरणका लागि कृषि ज्ञान केन्द्रमा रुपैँया दुई करोड ९९ लाख २० हजार, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा रु. एक करोड ६४ लाख र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामा रु। एक करोड २४ लाख ४८ हजार बजेट बिनियोजन भएको हो ।

    राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले आवेदन संकलनका लागि सूचना जारी गरेर कार्यक्रम कार्यान्वयनको प्रक्रिया अघि बढाएको छ भने प्रदेश सरकारका कार्यालयहरु केही नयाँ कार्यक्रमहरुको कार्यबिधि आएपछि कार्यान्वयनको तयारी गरेका छन् । कार्यक्रमका प्रकृति अनुसार कुल लागतको ५० देखि ८५ प्रतिशत सम्म अनुदान पाउने कार्यबिधि छ ।

    कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिब बास्तोलाले यस वर्षको नयाँ कृषि उद्यम विकास कार्यक्रमलाई रु। २५ लाख, लोकमार्ग/कोरिडोर केन्द्रित कृषि उत्पादन तथा प्रर्वद्धन कार्यक्रमका लागि रु. २० लाख, निर्यातजन्य कृषि वस्तु प्रर्वद्धन कार्यक्रमलाई रु. १० लाख, विपद्बाट क्षति ब्यहोरेको कृषकलाई राहत दिन रु. आठ लाख र ग्रामिण कृषि पर्यटन प्रर्वद्धन कार्यक्रमका लागि रु। पाँच लाख बजेट प्राप्त भएको जानकारी दिनुभयो ।

    यसअघिको तीन वटा आर्थिक वर्षमा सञ्चालन भएको खायन आलु प्रर्वद्धन कार्यक्रम यस वर्ष हटेको छ । केन्द्रले गत वर्ष सञ्चालन गरेको कार्यक्रम मार्फत रु। दुई करोड १२ लाख ९५ हजार अनुदान वितरण भएको थियो । कार्यक्रमहरुबाट एक हजार चार सय एक जना कृषक लाभान्वित भएका र विभिन्न तालिममा नौ सय ९९ जना सहभागी भएका छन् ।

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले चालु कार्यक्रम सञ्चालनका लागि रु। एक करोड ६४ लाख बजेट प्राप्त भएको जानकारी दिनुभयो । कालीगण्डकी कोरिडोरमा केन्द्रित पशुपक्षी तथा मत्य उत्थान कार्यक्रमलाई रु। २० लाख र विपद्बाट पशुधन क्षति भएका किसानलाई राहत दिन रु। १० लाख बजेट प्राप्त भएको जानकारी दिनुभयो ।

    आर्थिक वर्ष २०८१ / ८२ मा ४३ वटा फर्म, समूह र सहकारी संस्थाले केन्द्रले सञ्चालन गरेको आठ वटा कार्यक्रम मार्फत रु। ३८ लाख सत्तरी हजार ७५ अनुदान पाएका केन्द्रका प्रमुख पशु विकास अधिकृत गोपाल गिरीले बताउनुभयो । पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका वटै स्थानीय तहका कृषकले पालेका ८९ हजार छ सय ५१ गाई, भैसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोग विरुद्ध पाँच प्रकारका खोप लगाइएको थियो ।

    राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईका कृषि अधिकृत बिक्रम बस्यालले मुस्ताङ र म्याग्दीका कृषि उद्यमीहरुलाई अनुदान उपलब्ध गराउन रु। २०र२० लाख बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।

    पर्वत, बागलुङ र म्याग्दीमा सञ्चालन भइरहेको सुन्तला जोनमा रु। ५३ लाख ८५ हजार, रघुगङ्गा, बेनी र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र भएको आलु जोनका लागि रु। १६ लाख ६८ हजार र म्याग्दी जिल्लाभर कार्यक्षेत्र रहेको बंगुर जोनमा रु.२९ लाख ९० हजार बजेट रहेको कृषि अधिकृत बस्यालले बताउनुभयो । उहाँका अनुसार परियोजना मार्फत गत आर्थिक वर्षमा म्याग्दीका कृषकहरुले रु। ९९ लाख अनुदान सुविधा पाएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.