सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राईजको ब्याडमिन्टन प्रतियोगितामा सहयोग पुर्‍याउन गभर्नर सापकोटाको आव्हान


  •    न्युजभित्तो/१८ भाद्र २०८२, बुधबार १०:०३ 
  • चितवन । लायन्स क्लब अफ चितवन राईजले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा सबै क्लबले सहयोग पुर्‍याउन डिष्ट्रिक ३२५ आरका गर्भनर नवराज सापकोटाले आव्हान गर्नुभएको छ । डिष्ट्रिकले आज क्षेत्रपुरस्थित दियालो फुडल्याण्डमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले प्रतियोगिता सफल बनाउन हरतरहले सहयोग गर्न सबैलाई आव्हान गर्नुभएको हो । असोज ३, ४ र ५ गते भरतपुरको कभर्ड हलमा प्रतियोगिता हुँदैछ ।

    क्लबका अध्यक्ष, जोन चेयर पर्सन, रिजन चेयर, क्लस्टर चिफ र क्याबिनेटका पदाधिकारीहरु सहित लायन्सकर्मीहरुलाई यो लायन्सको महत्वपूर्ण कार्यक्रम भएको भन्दै सबैको तर्फबाट सहयोग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “यो चितवन राईजले आयोजना गरेको भएपनि हामी सबै लायन्सहरुको कार्यक्रम हो, समूह दर्ता गरेर र सबै प्रकारबाट सहयोग गरौं ।” आफ्नो होम क्लबका दुई समूह तत्कालै उहाँले दर्ता समेत गर्नुभएको थियो ।

    पुरस्कार राशी ठूलो भएकाले धेरै सहभागी हुने अपेक्षा गरिएको छ । सो अवसरमा डिष्ट्रिकका फस्ट भिडिजी प्रभाकर पण्डित, सेकेण्ड भिडिजी दीपेन्द्र खतिवडा, क्याबिनेटका सेक्रेटरी डा. गंगा सापकोटा लगायतले कार्यक्रम सफल बनाउन आग्रह गर्नुभएको थियो । उहाँहरुले आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्न आव्हान गर्नुभयो ।

    आयोजक क्लबका तर्फबाट चितवन राईजका अध्यक्ष शिरिष पन्तले सहभागीहरुको प्रश्नको जवाफ दिंदै यो प्रतियोगिता जीत हार मात्र नभई लायन्स क्लव बीचको मित्रता, एकता र आपसी भाइचाराको प्रदर्शन पनि भएको बताउनुभयो । उहाँले लायन्सहरु सामाजिकसँगै खेलकुद क्षेत्रमा पनि सक्रिय छन् भन्ने कुरा यसले प्रमाणित गर्ने बताउनुभयो ।

    अध्यक्ष पन्तका अनुसार प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर अन्तर्गतका क्लबहरु सहभागी हुन पाउने छन् । सहभागीहरुलाई यही भदौ ३१ गतेभित्र नाम दर्ता गर्न उहाँले आव्हान समेत गर्नुभयो । एउटा जोडी दर्ता गर्न पाँच हजार रुपैयाँ शुल्क लाग्ने बताउँदै उहाँले एउटै क्लबबाट एकभन्दा बढी समूह सहभागी हुन पाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “समूह जति पनि हुन सक्छ, तर प्रत्येक समूहले शुल्क तिर्नु पर्छ ।”

    प्रतियोगितामा सहभागी हुन डिष्ट्रिक ३२५ आरभित्रका क्लब र क्लबको सदस्य अनिवार्य हुनु पर्ने व्यवस्था गरिएको छ । उहाँका अनुसार दर्ता गर्दा नै क्लबको नाम, क्लब नम्बर प्रतियोगि खेलाडीको नाम र सदस्यता नम्बर समावेश गर्नु पर्दछ । तोकिएको मापदण्डभन्दा बाहिरको खेलाडी पाईएमा प्रतियोगितामा समावेश नगरिने उहाँले बताउनुभयो । अध्यक्ष पन्तले भन्नुभयो “नियम बाहिरको खेलाडी भएमा प्रतियोगितामा सहभागी गराईदैन, तर दर्ता शुल्क पनि फिर्ता हुँदैन ।”

    प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार र चौथो हुनेलाई १५ हजार रुपैयाँ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

    प्रतियोगिताको मुख्य प्रायोजक नेपोभिट टायल रहेको छ । यो टायल नेपालको पहिलो टायल उद्योग हो । स्वदेशी लगानी, स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर नेपालमा नै उत्पादन हुने यसले सबै प्रकारका टायल उत्पादन गर्दै आएको छ । आयात प्रतिस्थापन गर्दै देशलाई टायलमा आत्मनिर्भर बनाउने कम्पनीको उद्देश्य रहेको कम्पनीका अध्यक्ष मनोज प्रसाद रौनियारले बताउनुभयो ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना
    • ‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’
    • कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
    • जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु
    • सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.