सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश ३ नेकपा संसदीय दलको बैठक जारी, राजधानी हेटौंडा र नाम बागमती हुने निश्चित


  •    न्युजभित्तो/२४ पुष २०७६, बिहीबार १०:१७ 
  • हेटौंडा । प्रदेश नम्बर ३ नेकपा संसदीय दलको बैठक आज पनि सुरु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसिरहेको बैठकले प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमती तोक्ने नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाँलले बताउनुभयो ।

    नेकपाका प्रदेश सभा सदस्यहरुले प्रदेश राजधानीका विषयमा संसदीय दलको बैठकमा यसअघि तीन दिनसम्म आफ्ना धारणा राखेका छन् । बाँकी प्रदेश सांसद र नेकपा प्रदेश कमिटीका नेताहरुले यस विषयमा धारणा राख्नेक्रम जारी छ । बैठकमा नेकपाका अधिकांश प्रदेश सभा सदस्य उपस्थित छन् ।

    प्रदेशको राजधानी हेटौंडा र नाम बागमती राख्ने विषयमा दोस्रो पटक नेकपाको सचिवालयले निर्देशन दिएपछि सो निर्देशनलाई कार्यान्वयन गर्ने प्रतिवद्धता सहित प्रदेशका शीर्ष नेताहरु हेटौंडा फर्किएका छन् । प्रदेश राजधानीका विषयमा एक हप्ता अघिदेखि नेकपा, काँग्रेसलगायत पार्टीका प्रदेश सभा सदस्यहरुले बहस र छलफल गरेका छन् । अब भने केही दिनमा नै राजधानी र नामकरणका विषयमा मतदान गर्ने तयारी गरिएको छ ।

    बैठकबाट राजधानी र नामकरणको विषयमा एकमत भएर जाने निर्णय आउने प्रदेशसभा सदस्य दीपक निरौलाले बताउनुभयो । यसअघि तीन दिनसम्म बैठक बस्दा पनि स्थायी राजधानीको विषयमा सहमति जुटाउन नसकेपछि बैठक स्थगित गरिएको थियो। दलको बैठकमा पार्टी सचिवालयको निर्देशनअनुसार सहमति जुटाउने प्रयास गरे पनि केही साँसदले विरोध जनाएपछि निर्णय हुन सकेको थिएन।

    बैठकमा सहमति नजुटेपछि नेकपा प्रदेश ३ कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहालसहित प्रदेशका केही मन्त्री र सांसद अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई भेट्न काठमाडौं पुगेका थिए। अध्यक्षद्वयले सचिवालयले गरेको निर्णय राजधानी हेटौंडा र नाम बागमति नै कायम हुने र त्यहीअनुसार मत जाहेर गर्न फेरि निर्देशन दिएपछि प्रदेश कमिटीका पदाधिकारी र मन्त्रीहरु र असन्तुष्ट साँसद सहमति जनाउँदै हेटौँडा फर्किएका थिए।

    प्रदेशसभामा राजधानीको विषयमा साँसदहरुले बोल्ने क्रम सकिएपछि राजधानीको लागि प्रस्ताव हुनेछ। नेकपा संसदीय दलले प्रदेशको राजधानीको लागि हेटौँडा मात्रै प्रस्ताव गर्नेछ। यदि काभ्रे प्रस्ताव गर्न खोजे ह्विप जारी हुने संसदीय दलका एक सदस्यले बताए । पार्टी नेतृत्वविरुद्ध नजाने भन्दै नेकपाको तर्फबाट काभ्रे प्रस्ताव नै नहुने सम्भावना रहेको छ।

    नेपाली काँग्रेस पनि हेटौंडाको पक्षमा छ । तर नेपाली काँग्रेसभित्र पनि प्रदेशको राजधानीको विषयमा व्यापक छलफल भइरहेको छ। नेपाली काँग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यसहित केही साँसद कुनै पनि हालतमा हेटौँडा प्रदेशको राजधानी नहुने भन्दै सार्वजनिक रूपमा बोलिरहेका छन्। वैद्यले सोमबार संसदमै नेपाली काँग्रेस प्रदेश ३ का संसदीय दलका नेता इन्द्र बहादुर बानियाँविरुद्ध नै बोल्दै काँग्रेसको एउटा नेताले मात्रै भनेर राजधानी नहुने भनेका थिए। यद्यपि काँग्रेसका एक सांसदका अनुसार काँग्रेसको प्रदेश संसदीय दलमा आन्तरिक सहमति आफ्नै सरकारले राखेको राजधानी हेटौँडामा नै मतदान गर्ने निर्णय भएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.