सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फूलखेतीबाट आत्मनिर्भर बन्दै शुलभ


  •    न्युजभित्तो/१७ भाद्र २०८२, मंगलवार १३:२० 
  • चितवन, १७ भदौ । यहाँको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोेग हुने फूलको व्यावसायिक खेतीमा जुट्नुभएको छ । भरतपुर महानगरपालिका–७ निवासी शुलभ श्रेष्ठले हाल सजावटमा प्रयोग हुने फूल कामिनी (बज्रदन्ती) र जिप्सीको व्यावसायिक खेती सुरु गर्नुभएको हो ।

    यी फूलहरू विवाह, व्रतबन्ध, भोजभतेर र महत्त्वपूर्ण कार्यक्रममा सजावटमा प्रयोग हुने गर्छन् । विगत १३ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आउनुभएका श्रेष्ठले पछिल्लो समय सजावटमा प्रयोग हुने फूलखेती सुरु गर्नुभएको हो । उहाँले भन्नुभयो, “बुबाले गरेको व्यावसायिक फूलखेतीलाई अझै परिस्कृत गर्दै अहिले मैले अघि बढाएको हुँ ।”

    विगत तीन वर्षदेखि सजावटमा प्रयोग हुने फूल खेती गर्न थालेको उहाँले बताउनुभयो । “बुबाले सयपत्री फूलको व्यापार गर्नुहुन्थ्यो । मैले यसैलाई विस्तार गरेँ”, उहाँले भन्नुभयो, “कोरोना भन्दा पहिला काठमाडौँमा बसेर विज्ञापनको ‘कास्टिङ डाइरेक्टर’को काम गर्थेँ । कोरोनाकालमा घर आएँ । सोही समयमा फूलको माग बढेको देखेर यही काममा लागेँ ।” बजारमा कामिनी फूल रु ८० देखि एक सय र जिप्सी रु दुई हजारसम्म पर्ने गर्दछ । कामिनीको हाँगासहित बिक्री हुँदै आएको छ ।

    सुरुआती समयमा परीक्षणका रूपमा यी फूल खेती गरेको भए पनि अहिले यसलाई व्यावसायिक रूपमा विस्तार गरेको श्रेष्ठले बताउनुभयो । हाल यहाँ उत्पादित फूल चितवनसहित काठमाडौँ, पोखरा, वीरगञ्ज, बुटवल, दाङसम्म पठाउने गरेको उहाँले बताउनुभयो । व्यवसायलाई अझै बढाउने तयारीमा रहनुभएका ३८ वर्षीय श्रेष्ठले परिवारका सदस्यबाहेक १९ जनालाई रोजगारी दिनुभएको छ ।

    उहाँले चितवन र नवलपरासीमा गरी तीन बिघा क्षेत्रफलमा कामिनीसहित अन्य फूल लगाउनुभएको छ । “पहिले सयपत्री फूलको माला रु १० मा किनिदिनुस् भनेर भन्दा पनि बिक्री हुँदैनथ्यो । अहिले भएको व्यवसाय देखेर सन्तुष्ट छु”, सुरुआतका दिन सम्झँदै उहाँले भन्नुभयो, “रातभरि माला बुनेर बिहान बजारमा बिक्रीका लागि लैजाँदा किनिदिने मान्छे कोही हुँदैनथ्यो । अहिले फूलको प्रयोग बढ्दै गएको छ ।” उहाँ हाल पुष्प व्यवसायबाट सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणाको स्रोत बन्नुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.