सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धानखेती डुबानले नष्ट भएपछि सिँघाराखेती गर्दै किसान


  •    न्युजभित्तो/१७ भाद्र २०८२, मंगलवार ११:५४ 
  • जलेश्वर (महोत्तरी), १७ भदौ । गत साउनमा आएको वर्षापछिको डुबानले धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका-८ का किसानले विकल्पमा सिँघाराखेती गर्न थालेका छन् । यहाँको करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली डुबान नष्ट गरेपछि किसानहरूले अहिले वैकल्पिक रूपमा सिँघाराखेती गर्न थालेका हुन् । 
    समयमा पानी नपरेपछि ढिलो गरी रोपाइँ गरेका यहाँका किसानको बाली रातो खोलामा थुनेर राखिएको पानीले बाढीको रुप लिएपछि करिब २०० बिघा क्षेत्रफलको धानखेती नष्ट भएको थियो ।
    पुनःधानखेती गर्न नसकिने गरी खेतका फाँटहरूमा पानी भरिएपछि वैकल्पिक रूपमा सिँघाराखेती गर्न थालिएको किसान मनोज साहले बताउनुभयो । यस क्षेत्रमा बर्सेनि धानखेती डुबानमा पर्ने गरेको भन्दै यसले आर्थिक क्षतिका साथै शारीरिक परिश्रमसमेत खेर जाने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले यहाँका दर्जनौँ किसान वैकल्पिक रूपमा सिँघाराखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
    प्रत्येक वर्ष रोपेको धानबाली डुबेर आर्थिक क्षति भइरहेको देखेपछि कम लगानी र मेहनतमा मनग्य आम्दानी हुने सिँघाराखेतीतर्फ किसान आकर्षित हुँदै गएका स्थानीय चन्देश्वर साहले बताउनुभयो । यहाँमात्रै नभएर धानखेतीको सुनिश्चित नहुने क्षेत्रमा कम लगानी गरी मनग्य आम्दानी हुने भएको विकल्प छनोट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
    सदरमुकाम जलेश्वर र वरिपरिका सयौँ बिघा पानी जमेर धानबाली नष्ट भएपछि विकल्पमा सिँघारा ९फल० खेती सुरु गरिएको जलेश्वर नगरपालिका–१ वडाध्यक्ष अनिलकुमार झाले बताउनुभयो । उहाँका अनुसार जमेको पानीमुनि लहरामा फल्ने सिँघारा एक प्रकारको गुलियो फल हो । यो फल स्वास्थ्यका पोष्टिकतत्वले भरिएको हुने भएकाले स्थानीस्तरमा लोकप्रिय छ ।
    गत साउन १५ पछि आएको बाढीका कारण जलेश्वरका अधिकांश खेती डुबानमा परेपछि किसानको सहजताका लागि खेत तथा पोखरीमा सिँघाराखेती सुरु गरिएको जलेश्वर–२ का वडाध्यक्ष वरुण दाहालले बताउनुभयो ।
    वर्षांैदेखि बाँझो रहेको जलाशयमा यहाँ ५०(६० परिवारले खेती सुरु गरेका जलेश्वर(४ का किसान रामजनम सहनीले बताउनुभयो । स्वाद मीठो र लोकप्रिय सिँघारा असोजदेखि बिक्रीका लागि तयारी हुन्छ । सिँघारा प्रतिकिलो रु १२० देखि १८० सम्म बिक्री हुने भएकाले लाखौँ आम्दानी गर्न सकिने जलेश्वर(२ का दिलचन मुखियाले जानकारी दिनुभयो । 
    मिथिलाञ्चलमा पूजाआजा गर्दा प्रसादका रूपमा प्रयोग हुने सिँघारा बालबालिका, बूढापाका र पेटका रोगीले बढी मनपराउने किसान जीबछ मोमिनले बताउनुभयो । सिँघारा बेचेर प्रतिकिसान रु दुई(तीन लाखसम्म आम्दानी गर्न सकिने जलेश्वर(९ का किसान सिया यादवको भनाइ छ ।
    बाह्रै मास पानीले भरिभराउ रहने जलेश्वर र वरपरका क्षेत्रमा सिँघाराको व्यावसायिक खेती प्रवर्द्धन र विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने स्थानीय कृषि कार्यालयसँग सयौँ बिघामा हुने सिँघाराखेतीबारे कुनै अभिलेख छैन ।
    जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले सिँघाराखेतीलाई प्रवर्द्धन गर्नुपर्ने र मौसमी उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । यो खेती गर्ने किसानका लागि सङ्घले विशेष योजनासहित प्रोत्साहनमूलक कार्यक्रम ल्याउने उहाँले प्रतिबद्धता जनाउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.