सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बीमितको हित प्रवर्द्धनसम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न


  •    न्युजभित्तो/१७ भाद्र २०८२, मंगलवार ११:४९ 
  • कर्णाली, १७ भदौ । बीमितको हित प्रवर्द्धनसम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिमा प्राधिकरण प्रदेश कार्यालय सुर्खेतद्वारा आइतबारदेखि आयोजित ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण’ कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
    बिमा प्राधिकरणका कार्यकारी प्रमुख सुशीलदेव सुवेदीले बीमितको हित प्रवर्द्धनबाट मात्र बिमामा आकर्षण बढ्ने बताउनुभएको छ । उहाँले पछिल्लो समय कर्णाली प्रदेशका जनतामा बिमाका विषयमा सचेतना फैलिनुका साथै उनीहरू जागरुक भएका धारणा राख्नुभयो ।  
    कार्यकारी प्रमुख सुवेदीले प्राधिकरणका नयाँ प्रावधान र निर्देशिकाका विषयमा सुसूचित र सचेत गर्ने उद्देश्यले प्रशिक्षण दिइएको बताउनुभयो । बिमा कम्पनीले गरेका काम सराहनीय भएका उल्लेख गर्दै उहाँले नागरिकमा विश्वास दिलाउँदै जोखिम बहन हुने कामप्रति प्रतिबद्ध भएर लाग्नसके नागरिकमा आशा, सचेतना र सुनिश्चिता बढ्ने धारणा राख्नुभयो ।
    प्राधिकरणका नियमन तथा सम्पत्ति शुद्धीकरण, निवारण शाखाका प्रमुख पदमप्रसाद सोडारीले बिमासम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन, प्रावधान, सम्पत्ति शुद्धीकरण प्रणालीको मुख्य उद्देश्य, बिमाका जोखिम, समस्या, ग्राहक पहिचान, प्राविधिक ज्ञान, स्रोत तथा मानव जनशक्ति, प्राधिकरणबाट जारी निर्देशनका बारेमा प्रस्तुति राख्नुभयो । उहाँले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानीसम्बन्धी निर्देशन, २०८२ मा भएका मुख्य व्यवस्थाबारे जानकारी दिनुभयो ।
    निर्देशनको दफा ३–१२ सम्म नीति तथा कार्यविधि बनाइ लागू गर्नुपर्ने, ग्राहक पहिचान तथा सम्पुष्टि, उच्चपदस्थ व्यक्ति, वास्तविक धनी, बृहत्, सरलीकृत ग्राहक पहिचान, विद्यमान तथा वास्तविक धनी पहिचान अद्यावधिक, निरन्तर अनुगमन, सीमा कारोबारसम्बन्धी प्रतिवेदन, खास कारोबारमा विशेष ध्यान दिनुपर्नेलगायत विषयमा सहभागीलाई उहाँले सूचित गर्नुभयो । 
    छलफल कार्यक्रममा आइतबार बैंक तथा वित्तीय संस्थाका प्रमुखको र सोमबार सजीवन तथा नीर्जिवन बिमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख, पोलिसी जारीकर्ताको सहभागी रहेको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.