सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा छैन : मन्त्री बाँस्कोटा


  •    न्युजभित्तो/२३ पुष २०७६, बुधबार १९:१६ 
  • भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको २३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले संविधानको मर्मविपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैँ राजीनामा दिएर आन्दोलनमा उत्रने बताउनुभयो ।

    उहाँले ‘अहिलेको पत्रकारिता देखेर कहिलेकाहीँ आफूलाई राजीनामा दिएर बस्न झोक चल्ने गरेको’ टिप्पणी गर्दै आफूलाई मिडियासँग बोल्न नै मन लाग्न छाडेको भनाइ राख्नुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “एउटा कुराभन्दा, पूर्वदृष्टि राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति मिडियामा हाबी भएको छ, म पनि वषौँंसम्म पत्रकारिता गरेकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ ।”

    सरकारले ‘समृद्ध नेपाल, गरिब पत्रकारिता’को अवधारणा नलिएको बताउँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्छ, अब कमिसन पत्रकारिता धेरै चल्दैन, पत्रकारिता व्यावसायिक हुनुपर्छ, आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्नसक्ने वातावरण बन्नुपर्छ ।”

    मन्त्री बाँस्कोटाले पत्रकारको हकहितभन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने बताउँदै आफू मन्त्री भएपछि पाँच करोड ३४ लाख रुपैयाँको पत्रकारिता कल्याण कोष स्थापना गरेको र अब त्यसलाई बढाएर १० करोड रुपैयाँ पुर्याउने उद्देश्य लिएको बताउनुभयो ।

    शङ्काको भरमा पत्रकारिता गर्नु गलत भएको भन्दै गल्ती गर्नेलाई पनि छाड्न नहुने उहाँको तर्क थियो । सरकारसँग भएका असन्तुष्टिलाई पत्रकारितामा नजोडौँ भन्दै उहाँले मिडियाले गहिराइमा पुगेर लेखेमात्र तथ्य बाहिर आउने बताउनुभयो ।

    अहिले प्रेस स्वतन्त्रता कुण्ठित हुन थाल्यो भनेर सरकारलाई औँला ठड्याउँदा भोलि पत्रकारिताप्रतिको विश्वास नगुमोस् भन्दै मन्त्री बाँस्कोटाले पत्रकारिता अझै विश्वासनीय र खोजमूलक बन्नुपर्छ भन्नुभयो ।

    उहाँले पूर्वदृष्टि राखेर समाचार लेख्न नहुने चर्चा गर्दै पत्रकारितालाई भजन, मिसन, पार्टी पत्रकारिताबाट माथि उठाएर ‘समृद्ध नेपाल, सुखी नेपाली’मा जोड्नुपर्ने बताउनुभयो । मान्त्री बाँस्कोटाले आफूलाई काम गरिदिनुपर्यो भन्दै कमिशन दिनहरुको नाम डायरीमा लेख्ने गरेको बताउनुभयो ।

    कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस जगतलाई सङ्कुचन गराउने मिडिया विधेयक सच्याउन महासङ्घको दबाबपछि नै सरकारले समिति बनाएर छलफल गरिरहेको बताउनुभयो । कार्यक्रममा महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले प्रेस स्वतन्त्रता हनन हुनेगरी ल्याएका विधेयक सच्याउनुपर्ने सुझाव दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.