सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटन प्रवरद्धन गर्न जनकौली वनमा जिप सफारी


  •    न्युजभित्तो/१५ भाद्र २०८२, आईतवार ११:३७ 
  • नारायणगढ (चितवन), १५ भदौ । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहाको आडैमा अवस्थित जनकौली मध्यवर्ती सामुदायिक वनमा जिप सफारी सेवा सुरु गरिएको छ । पर्यापर्यटन प्रवर्द्धन र स्थानीय समुदायको जीवनस्तर उकास्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो ।

    सौराहा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई एकसिङ्गे गैँडा, बाघ, जङ्गली हात्ती, भालु, चितुवा, चित्तल, जरायोजस्ता दुर्लभ वन्यजन्तुको अवलोकन गराउने लक्ष्यसहित सफारी सुरु गरिएको वनका अध्यक्ष जोगेन्द्र महतोले बताउनुभयो ।

    विसं २०६० देखि मध्यवर्तीसँग जोडिएको यस सामुदायिक वन करिब एक सय छ हेक्टर क्षेत्रफलमा फैलिएको छ । झण्डै दुई हजार उपभोक्ता रहेको वनमा २०६६ सालदेखि यहाँ रहेको ढुङ्ग्रेखोलामा डुङ्गा सेवा पनि सञ्चालनमा रहेको महतोले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सफारीका लागि रुटमा पर्यटकले डेढदेखि दुई घण्टासम्म जङ्गल डुल्न सक्ने व्यवस्था मिलाइएको छ । प्रत्येक जिपका लागि रु आठ सय प्रवेश शुल्क र रु पाँच सय संरक्षण शुल्क तोकिएको छ । हाल बिहान र बेलुका गरेर १४ वटा जिप रहेका छन् ।

    जिप सफारीको सुरुआतसँगै चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले जनकौलीको जिप सफारी अन्य मध्यवर्ती क्षेत्र विशेषतः बरण्डाभारको सफारीभन्दा छोटो र फरक प्रकृतिको भएको उल्लेख गर्दै यसले पर्यटकीय सम्भावना अझ विस्तार गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, “नेपालमा आउने ६० प्रतिशतभन्दा बढी पर्यटक संरक्षित क्षेत्रको भ्रमण गर्दछन् । यस क्षेत्रमा पनि त्यसअनुसारको सम्भावना छ । मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई न्यूनमा झार्ने प्रयास गर्दै, व्यवस्थित रूपमा गतिविधि सञ्चालन गर्न आवश्यक छ ।”

    पन्तले राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र फरक प्रकृतिका संरचना भएको उल्लेख गर्दै सामुदायिक वनमा सञ्चालन हुने पर्यटकीय गतिविधिका लागि मध्यवर्ती क्षेत्रको कानुन संशोधन आवश्यक रहेको औँल्याउनुभयो । उहाँले सोहीअनुसार हाल वन तथा वातावरण मन्त्रालयले कार्यदल गठन गरी ‘मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली’ संशोधन प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

    सामुदायिक वनमा जिप सफारीबाट रोजगारी, आयआर्जन र दीर्घकालीन वन्यजन्तु संरक्षणसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै वरिष्ठ संरक्षण अधिकृत पन्तले आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका अन्य केही मध्यवर्ती सामुदायिक वनमा यसअघि नै जिप सफारी सञ्चालन भइसकेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.