सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राईजद्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना, सहभागी हुन आव्हान


  •    न्युजभित्तो/१४ भाद्र २०८२, शनिबार १८:३१ 
  • चितवन, १४ भदौ । लाइन्स क्लब अफ चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । क्लबले असोज ३, ४ र ५ गते भरतपुरको कभर्ड हलमा प्रतियोगिता गर्न लागेको हो ।

    क्लबका अध्यक्ष शिरिष पन्तका अनुसार प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर अन्तर्गतका क्लबहरु सहभागी हुन पाउने छन् । सहभागीहरुलाई यही भदौ ३१ गतेभित्र नाम दर्ता गर्न उहाँले आव्हान समेत गर्नुभयो । एउटा जोडी दर्ता गर्न पाँच हजार रुपैयाँ शुल्क लाग्ने बताउँदै उहाँले एउटै क्लबबाट एकभन्दा बढी समूह सहभागी हुन पाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “समूह जति पनि हुन सक्छ, तर प्रत्येक समूहले शुल्क तिर्नु पर्छ ।”

    डिष्ट्रिक ३२५ आरभित्रका क्लब र क्लबको सदस्य अनिवार्य हुनु पर्ने व्यवस्था गरिएको छ । उहाँका अनुसार दर्ता गर्दा नै क्लबको नाम, क्लब नम्बर प्रतियोगि खेलाडीको नाम र सदस्यता नम्बर समावेश गर्नु पर्दछ । तोकिएको मापदण्डभन्दा बाहिरको खेलाडी पाईएमा प्रतियोगितामा समावेश नगरिने उहाँले बताउनुभयो । अध्यक्ष पन्तले भन्नुभयो “नियम बाहिरको खेलाडी भएमा प्रतियोगितामा सहभागी गराईदैन, तर दर्ता शुल्क पनि फिर्ता हुँदैन ।”

    यो प्रतियोगिता जित हार मात्र नभई लायन्स क्लव बीचको मित्रता, एकता र आपसी भाइचाराको प्रदर्शन पनि भएको भन्दै सहभागी हुन अध्यक्ष पन्तले आग्रह गर्नुभयो ।

    प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार र चौथो हुनेलाई १५ हजार रुपैयाँ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ ।

    प्रतियोगिताको मुख्य प्रायोजक नेपोभिट टायल रहेको छ । यो टायल नेपालको पहिलो टायल उद्योग हो । स्वदेशी लगानी, स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर नेपालमा नै उत्पादन हुने यसले सबै प्रकारका टायल उत्पादन गर्दै आएको छ । नेपालमा यस उद्योगले टायल उत्पादन गरेसँगै अन्य विदेशी लगानीको उद्योग समेत नेपालमा आएका छन् । आयात प्रतिथापन गर्दै देशलाई टायलमा आत्मनिर्भर बनाउने कम्पनीको उद्देश्य रहेको कम्पनीका अध्यक्ष मनोज प्रसाद रौनियारले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.