रत्ननगर महोत्सव : यसपालि छुट्टै अनुभव दिलाउन आयोजकको कसरत
"पुस २५ देखि माघ ७ सम्म हुने महोत्सवमा व्यावसायिक कृषि र पर्यटन प्रवर्धनमा विशेष जोड "
न्युजभित्तो/२३ पुष २०७६, बुधबार १६:५०
चितवन । रत्ननगर महोत्सवमा पुग्ने अवलोकनकर्ताहरुले यसपालि विगतका महोत्सव भन्दा फरक अनुभव गर्नेछन् । महोत्सवमा कृषि र पर्यटन प्रवर्धनलाई विशेष जोड दिइएको छ । कृषक तथा कृषि पेशा अपनाउन चाहनेहरुका लागि वृहत व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिताले आकर्षण र उत्साह जगाउने छ । त्यस्तै, नेपाल भ्रमण वर्ष २०२०लाई प्रवर्धन गर्नेगरी महोत्सवमा सहभागीलाई आन्तरिक पर्यटनको नौलो स्वाद पस्किन आयोजकले कसरत गरिरहेको छ ।
व्यावसायिक कृषि र पर्यटन प्रवर्धनको मूल ध्येयका साथ शुरुवात गरिएको रत्ननगर महोत्सवको दशौँ श्रृङ्खला शुक्रबारदेखि शुरु हुँदैछ । रत्ननगरको टिकौली चौरमा हुने महोत्सवको आवश्यक आन्तरिक एवम् वाह्य तयारी पूरा भएको महोत्सव आयोजक समितिले जानकारी दिएको छ ।
महोत्सवको मूल आयोजक समितिका संयोजक रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । महोत्सवका लागि स्टल, मञ्च, आदिवासी जनजातिका साँस्कृतिक महत्त्व झल्काउने घरलगायतका संरचना निर्माण कार्य सकिएको छ ।
‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवर्धन हाम्रो अभियान’ मूल नाराका साथ पुस २५ देखि माघ ७ गतेसम्म १२ दिनसम्म रत्ननगर महोत्सव–२०७६ सञ्चालन हुनेछ । ‘महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्त्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको छ’ महोत्सव मूल आयोजक समितिका संयोजक रेग्मीले भन्नुभयो ।
महोत्सवका संयोजक रेग्मी भन्न्नुहुन्छ– ‘समग्र चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवर्धन गर्दै चितवनको सामाजिक, साँस्कृतिक र ऐतिहासिक धरोहरहरुको प्रवर्धन र सम्बर्धनमा रत्ननगर महोत्सवले विशिष्ट र दूरगामी महत्त्व बोकेको छ ।’ रत्ननगर नगरपालिकाको संरक्षकत्वमा रत्ननगर उद्योग वाणिज्य संघले २०५७ सालदेखि प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको रत्ननगर महोत्सवका विगतका अनुभवलाई मनन् गर्दै यसपालि अझै परिष्कृत र परिमार्जित रुपमा महोत्सव सञ्चालन गरिने उहाँले बताउनुभयो । महोत्सव आयोजकले यसपालिको रत्ननगर महोत्सव नेपाल भ्रमण वर्ष २०२०को प्रवर्धनका लागिसमेत सहयोगी बन्ने विश्वास लिएको छ ।
महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव संयोजक रेग्मीले जानकारी दिनुभयो । महोत्सव उद्घाटनअघि रत्ननगरकै नेपाल माविको प्राङ्गढबाट विभिन्न जातजाति, धार्मिक, साँस्कृतिक, शैक्षिकलगायत संघसंस्थाको सहभागितामा बाजा र झाँकीसहितको विशाल शोभायात्रा निकाल्ने आयोजकको तयारी छ ।
रत्ननगर महोत्सवमा पाँच सय २१ स्टल रहने तथा थप स्टलको माग भइरहेको भएपनि अब बढाउन सकिने अवस्था नरहेको रेग्मीले बताउनुभयो । ती स्टलमा गरिने प्रदर्शनीले उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन सक्षम हुने आयोजकको विश्वास छ । यसपटक बङ्गलादेश, पाकिस्तान र भारतबाटसमेत प्रदर्शकहरु सहभागी हुने बताइएको छ ।
महोत्सवको पाँच लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संयोजक रेग्मीले बताउनुभयो । महोत्सवमा बृहत व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रम तथा बालबालिकाका लागि फनपार्कसमेत रहनेछन् । महोत्सव परिसरमै जीपलाइन एडभान्चर, वन्यजन्तुको चित्रसहित सेल्फी डाँडा र पञ्चकन्या सामुदायिक वनमा जीप सफारीको व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ ।
त्यसैगरी, महोत्सवमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकार तथा स्थानीय उदीयमान प्रतिभाहरुद्वारा मनोरञ्जनात्मक साङ्गीतिक प्रस्तुती अवलोकनकर्ताहरुका लागि थप आकर्षण रहने महोत्सव संयोजक रेग्मीले बताउनुभयो । रेग्मीले स्थानीय प्रहरी, प्रशासनसँग आवश्यक समन्वय गरिएकोले महोत्सवको सुरक्षा व्यवस्था मजबुत रहने पनि बताउनुभयो । रत्ननगर महोत्सव भव्यरुपमा सम्पन्न गर्न मूल समितका साथै स्टेयरिङ कमिटी, सल्लाहकार समितिलगायत विभिन्न ४१ वटा कार्यगत समितिहरु गठन गरि तदारुकताका साथ काम अगाडि बढाइएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिकाका उपमेयर विमला दुवाडीले रत्ननगर महोत्सव समग्र चितवनको गौरव र गरिमामय प्रस्तुती भएकोले नगरपालिकाले संरक्षकत्व प्रदान गरी प्रवर्धन गर्दै आएको बताउनुभयो ।
चिकेन एण्ड एग फुड फेस्टिबल हुने
रत्ननगर महोत्सवमा विगतमा जस्तै यसपालि पनि पाँच दिन चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना गरिने भएको छ । रत्ननगरको टाँडीमा पुस २९ देखि माघ ४ गतेसम्म हुने फेस्टिबलमा कुखुराको मासु र अण्डाका विशेष परिकारहरुको प्रदर्शनी गरिने पोल्ट्री व्यवसायीसमेत रहनुभएका महोत्सव स्टेयरिङ कमिटीका सदस्य ज्ञानबहादुर विसुरालले जानकारी दिनुभयो । पोल्ट्री क्षेत्रको प्रवर्धनका लागि महोत्सवको अवसरमा चिकेन एण्ड एग फुड फेस्टिबल गर्न लागिएको विसुरालले बताउनुभयो ।
चितवन । रत्ननगर महोत्सवमा पुग्ने अवलोकनकर्ताहरुले यसपालि विगतका महोत्सव भन्दा फरक अनुभव गर्नेछन् । महोत्सवमा कृषि र पर्यटन प्रवर्धनलाई विशेष जोड दिइएको छ । कृषक तथा कृषि पेशा अपनाउन चाहनेहरुका लागि वृहत व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिताले आकर्षण र उत्साह जगाउने छ । त्यस्तै, नेपाल भ्रमण वर्ष २०२०लाई प्रवर्धन गर्नेगरी महोत्सवमा सहभागीलाई आन्तरिक पर्यटनको नौलो स्वाद पस्किन आयोजकले कसरत गरिरहेको छ ।
व्यावसायिक कृषि र पर्यटन प्रवर्धनको मूल ध्येयका साथ शुरुवात गरिएको रत्ननगर महोत्सवको दशौँ श्रृङ्खला शुक्रबारदेखि शुरु हुँदैछ । रत्ननगरको टिकौली चौरमा हुने महोत्सवको आवश्यक आन्तरिक एवम् वाह्य तयारी पूरा भएको महोत्सव आयोजक समितिले जानकारी दिएको छ ।
महोत्सवको मूल आयोजक समितिका संयोजक रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । महोत्सवका लागि स्टल, मञ्च, आदिवासी जनजातिका साँस्कृतिक महत्त्व झल्काउने घरलगायतका संरचना निर्माण कार्य सकिएको छ ।
‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवर्धन हाम्रो अभियान’ मूल नाराका साथ पुस २५ देखि माघ ७ गतेसम्म १२ दिनसम्म रत्ननगर महोत्सव–२०७६ सञ्चालन हुनेछ । ‘महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्त्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको छ’ महोत्सव मूल आयोजक समितिका संयोजक रेग्मीले भन्नुभयो ।
महोत्सवका संयोजक रेग्मी भन्न्नुहुन्छ– ‘समग्र चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवर्धन गर्दै चितवनको सामाजिक, साँस्कृतिक र ऐतिहासिक धरोहरहरुको प्रवर्धन र सम्बर्धनमा रत्ननगर महोत्सवले विशिष्ट र दूरगामी महत्त्व बोकेको छ ।’ रत्ननगर नगरपालिकाको संरक्षकत्वमा रत्ननगर उद्योग वाणिज्य संघले २०५७ सालदेखि प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको रत्ननगर महोत्सवका विगतका अनुभवलाई मनन् गर्दै यसपालि अझै परिष्कृत र परिमार्जित रुपमा महोत्सव सञ्चालन गरिने उहाँले बताउनुभयो । महोत्सव आयोजकले यसपालिको रत्ननगर महोत्सव नेपाल भ्रमण वर्ष २०२०को प्रवर्धनका लागिसमेत सहयोगी बन्ने विश्वास लिएको छ ।
महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव संयोजक रेग्मीले जानकारी दिनुभयो । महोत्सव उद्घाटनअघि रत्ननगरकै नेपाल माविको प्राङ्गढबाट विभिन्न जातजाति, धार्मिक, साँस्कृतिक, शैक्षिकलगायत संघसंस्थाको सहभागितामा बाजा र झाँकीसहितको विशाल शोभायात्रा निकाल्ने आयोजकको तयारी छ ।
रत्ननगर महोत्सवमा पाँच सय २१ स्टल रहने तथा थप स्टलको माग भइरहेको भएपनि अब बढाउन सकिने अवस्था नरहेको रेग्मीले बताउनुभयो । ती स्टलमा गरिने प्रदर्शनीले उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन सक्षम हुने आयोजकको विश्वास छ । यसपटक बङ्गलादेश, पाकिस्तान र भारतबाटसमेत प्रदर्शकहरु सहभागी हुने बताइएको छ ।
महोत्सवको पाँच लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संयोजक रेग्मीले बताउनुभयो । महोत्सवमा बृहत व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रम तथा बालबालिकाका लागि फनपार्कसमेत रहनेछन् । महोत्सव परिसरमै जीपलाइन एडभान्चर, वन्यजन्तुको चित्रसहित सेल्फी डाँडा र पञ्चकन्या सामुदायिक वनमा जीप सफारीको व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ ।
त्यसैगरी, महोत्सवमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकार तथा स्थानीय उदीयमान प्रतिभाहरुद्वारा मनोरञ्जनात्मक साङ्गीतिक प्रस्तुती अवलोकनकर्ताहरुका लागि थप आकर्षण रहने महोत्सव संयोजक रेग्मीले बताउनुभयो । रेग्मीले स्थानीय प्रहरी, प्रशासनसँग आवश्यक समन्वय गरिएकोले महोत्सवको सुरक्षा व्यवस्था मजबुत रहने पनि बताउनुभयो ।
रत्ननगर महोत्सव भव्यरुपमा सम्पन्न गर्न मूल समितका साथै स्टेयरिङ कमिटी, सल्लाहकार समितिलगायत विभिन्न ४१ वटा कार्यगत समितिहरु गठन गरि तदारुकताका साथ काम अगाडि बढाइएको आयोजकले जनाएको छ ।