सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका २५९ भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र प्रदान


  •    न्युजभित्तो/१३ भाद्र २०८२, शुक्रबार १०:२१ 
  • चितवन, १३ भदौ । यहाँस्थित भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका २५९ जना भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र प्रदान गरेको छ ।

    आयोगका अध्यक्ष इमानसिंह मोक्तानका अनुसार रत्ननगर नगरपालिकाका १३० र भरतपुर महानगरपालिकाका १२९ जनालाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको हो । आयोगमा ५१ हजार जनाले जग्गाधनी प्रमाणपत्रका लागि आवेदन गरेका छन् । एक व्यक्तिले पाँच पटकसम्म पनि आवेदन गरेका छन् ।

    भूमिहीन ४०० जनालाई प्रमाणपत्र वितरण गर्नेगरी काम भरहेको छ । हालसम्म १५० जनाको प्रमाणपत्र तयार भइसकेको छ भने आगामी असोजसम्ममा ४०० जनाको तयार गर्ने लक्ष्य अध्यक्ष मोक्तानले सनाउनुभयो । स्थानीय तहसँगको समन्वयमा आयोगले काम गरिरहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.