सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धानबालीमा डढुवा रोगको समस्या


  •    न्युजभित्तो/१२ भाद्र २०८२, बिहीबार १७:१८ 
  • चितवन, १२ भदौ । यहाँका तीन वटा स्थानीय तहमा रोपिएका धानमा डढुवा रोगको समस्या देखिएको छ । भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा यो समस्या देखिएको हो । 
    कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तिका चौहानका अनुसार हाल दैनिक पाँचदेखि सातजना किसान डढुवा रोगको समस्या लिएर आउने गरेका छन् । धानको पातको फेदमा डढुवासँगै पोटासको कमी, गभारो र मिलिवग जस्ता समस्या पनि देखिएका छन् । 
    उहाँका अनुसार डढुवाले पातको फेदमा अण्डाआकारको खैरो थोपाहरु भएपछि आकारमा वृद्धि हुँदै जान्छ र ढुसीको कालो गिर्खा देखापर्दछ । बोटको माथिल्लो भागमासमेत पुग्छ र सुकेर डढेको जस्तो देखिने यो रोगको लक्षण हो । 
    नाइट्रोजन मल सिफारिस मात्रामा भन्दा बढी प्रयोग नगर्ने, उन्नत जातको धान रोप्दा बोटको दूरी बढाउने, भेलिडामाइसिन प्रयोग गरेर यसबाट बचाउन सकिने उहाँले बताउनुभयो । योसँगै ढुसी नाशक विषादीको प्रयोग गर्दा यो रोग नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । 
    पश्चिम चितवनको बीउ उत्पादन गर्ने क्षेत्रमा लगाइएका धानमा पोटासको कमि देखिएको छ । बीउ उत्पादन गर्ने १० हेक्टर क्षेत्रफलमा पोटासको कमीले पात पहेँलिने, टुप्पा सुक्ने लक्षण देखा परेको उहाँले जानकारी दिनुभयो । यसले गर्दा धानमा बाला नलाग्ने र उत्पादनमा कमी आउने गर्दछ ।  
    धानमा अहिले गभारोको समस्या उस्तै रहेको उहाँले बताउनुभयो । वयस्क अवस्थामा विभिन्न आकार प्रकारका पुतलीहरु धानमा लाग्ने गर्दछ । जसको लाभ्रेहरु फिका पहेँला अथवा गुलाबी रङका अवस्थामा शरीरमा धर्का भएका हुन्छन् । यिनीहरु बिरुवाको डाँठभित्र रहन्छन् र बिरुवालाई प्रभाव पार्ने गर्दछन् ।
     यसले बिरुवा कलिलो अवस्थामा आक्रमण गरेमा मृत गावा देखिन्छन् । बिरुवा फुल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो बाला देखिने उहाँले जानकारी दिनुभयो ।
    त्यसैगरी धानमा मिलिवग नामक रोगको समेत संक्रमण देखिएकोे छ । यो समस्या खाद्यतत्वको कमीले देखिने गर्दछ । अघिल्लो बर्षको तुलनामा धेरै क्षेत्रफलमा यो समस्या देखिएको छ । समयमा पानी नपर्दा बुढो बेर्ना रोप्ने किसानहरुका खेतमा यो समस्या देखिएको हो । यसले सानै बोटमा पसाउने र गाँज हाल्न नसक्ने हुन्छ । 
    यो समस्या समाधान गर्न खेतमा पानीको सतह वढाउने, खेतभित्र र वरिपरी रहेका घाँसपातहरु हटाउने, कीराको प्रकोप ज्यादा भएमा तत्काल नजिकको कृषि कार्यालयमा सम्पर्क गर्न उहाँले सुझाव दिनुभयो । जिल्लामा यस वर्ष २७ हजार २०७ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । रोग, किरा र बुढो बिउ रोप्नुपर्ने बाध्यताका कारण गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको उहाँले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.