सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रियासी जना विपन्न छात्रालाई शैक्षिक सामग्री वितरण


  •    न्युजभित्तो/११ भाद्र २०८२, बुधबार १३:४८ 
  • मन्थली (रामेछाप), ११ भदौ । मन्थली नगरपालिका–१ का समाजसेवी श्याम सुवेदीले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा अध्ययनरत ८३ विपन्न छात्रालाई नगद तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ ।

    हरितालिकाको अवसर पारेर उहाँले एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । ‘जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रम’ अन्तर्गत मन्थली मावि मन्थलीका ३५, भैरवी मावि सुनारपानी, सेतीदेवी मावि सालु र शिद्धेश्वर मावि गैराथोकका १०–१०, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका छ जना र तामाकोशी क्याम्पस खिम्तीका १२ जना गरी ८३ जनालाई नगदसहित विद्यालय शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

    मन्थली क्याम्पसका छ र खिम्ती क्याम्पसका १२ छात्रामध्ये मन्थलीका दुई र खिम्तीका चार गरी छ जनालाई रु १८ हजार नगदसहित ट्रयाकसुट, झोला प्रदान गरिएको थियो भने मन्थली र खिम्ती क्याम्पसका क्रमशः चार र आठ छात्रालाई ट्रयाकसुट, झोला र एक वर्षलाई सामग्री प्रदान गरिएको थियो ।

    त्यसैगरी, मन्थली माविका ३५ छात्रामध्ये १० जनालाई नगद रु १० हजारसहित नगद छात्रवृत्ति र २५ जनालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो भने भैरवी मावि, सिद्धेश्वर मावि र सेतीदेवी माविका १०–१० छात्रामध्ये तीन–तीन जनालाई रु १० हजारसहित र सात–सात जनालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको सुवेदीले राससलाई बताउनुभयोे । उहाँले मन्थली नगरपालिका–१३ को हर्रेचिण्डे मावि, वडा नं ६ को सिद्धेश्वर आवि र वडा नं २ को कालिका आविका छात्रालाई पनि विद्यालय पोशाक प्रदान गरिने बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.