सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीजले बजारमा चहलपहल, व्यापार भने न्यून


  •    न्युजभित्तो/९ भाद्र २०८२, सोमबार १३:२९ 
  • चितवन, ९ भदौक । तीज पर्वले यहाँको बजार चलायमान बनाएको छ । वर्षातका कारण सुनसान रहेको बजार क्षेत्र तीज अघिदेखि नै चलायमान बनेको हो । मुख्य गरी कपडा, कस्मेटिक, सुन, ब्युटीपार्लर, पार्टी प्यालेस, होटल क्षेत्रमा चहलपहल बढाएको हो ।

    ठूला साना यातायातका साधनको चहलपहल बढ्दा यातायात व्यवसायी पनि लाभान्वित भएका छन् । व्यवसायीले सोचेजस्तो व्यापार भने हुन नसकेको बताएका छन् । गाउँगाउँमा पसल खुलेका र अनलाइनबाट व्यापार हुने भएकाले मुख्य बजार क्षेत्रका पसलको व्यापार भने विगतजस्तो छैन ।

    अघिल्ला वर्षहरुमा तीजमा दर खाने समय लामो हुँदा होटल तथा पार्टी प्यालेसहरुको व्यापार राम्रो हुने गरेको भए पनि अहिले सोचेअनुसार नभएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “होटलहरुमा व्यवसाय खासै छैन, पार्टी प्यालेस भने केही चलेका छन् ।” अघिल्ला वर्षहरुमा दर खाने मिति पछि हुने हुँदा केही व्यवसाय उकासिने गरेको भए पनि अहिले तीज छिट्टै आएका कारण अपेक्षाकृत रुपमा व्यापार नभएको उहाँको भनाइ छ ।

    साउन महिनामा चोखो खाने भएकाले भदौ लागेपछि मात्रै तीजको चहलपहल भएको हो । आम नागरिकसँग क्रयशक्ति कम हुँदा पनि व्यवसायमा सोचेजस्तो हुन नसकेको उहाँको भनाइ छ ।

    अनलाइन व्यापार राम्रो भए पनि पसलहरुको व्यापार कम भएको कपडा व्यवसायीको गुनासो छ । कपडा व्यवसायी सङ्घका अध्यक्ष गुणराज पौडेलले पछिल्लो समय अनलाइनमा रु ५०० देखि रु एक हजारसम्मका साडी पाउने भएपछि उपभोक्ता त्यतै केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला वर्षहरुमा रु १०÷२० हजार बोकेर बजार आउने ग्राहक अहिले रु दुई–तीन हजार लिएर आउने गरेका छन् ।”
    अघिल्ला वर्षहरुको जस्ता तडकभडक नहुँदा पनि व्यवसायमा सोचेजस्तो नभएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “रमाउने उमेरका युवायुवती विदेश पलायन हुनु र खर्च गर्ने क्षमता समेत घट्नुले व्यवसायमा समेत प्रभाव परेको देखिन्छ ।” आर्थिकमन्दीका कारण मान्छेको चाप भए पनि खरिद गर्ने ग्राहक खासै नभएको उहाँले बताउनुभयो ।

    न्यू लोकमान एण्ड सन्स ९सुनचाँदी पसल०का सञ्चालक ज्ञानेन्द्रमान शाक्य बजारमा चहलपहल बढे पनि व्यापार निकै घटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मानिसलाई खान मुस्किल छ, कसरी सुन किन्नु रु” सुनको मूल्य निकै बढेकाले पनि व्यापारमा कमी आएको उहाँको भनाइ छ । सुन लगाउँदा जोखिम बढेको भन्दै उहाँले ‘फटाहा र प्रशासनको आँखा पर्छ’ भनेर पनि सुन लगाउने घटेको बताउनुभयो । पहिलेको तुलनामा ८० प्रतिशत व्यापार घटेको शाक्यले बताउनुभयो ।

    उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ बजारमा मानिसको चहलपहल भए पनि अघिल्ला वर्षको जस्तो व्यापार हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चाडपर्व सुरु हुँदासमेत व्यापार अपेक्षाकृत रुपमा बजारमा हुन सकेन ।” चाडपर्व मनाउने युवा जनशक्ति विदेश जानुले व्यवसाय अपेक्षाकृत हुन नसकेको उहाँको अनुमान छ । अहिलेको आर्थिकमन्दीका कारण पनि व्यवसायमा असर देखिएको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.