सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाताका भरमा अपाङ्ग जीवन विकास आश्रम


  •    न्युजभित्तो/९ भाद्र २०८२, सोमबार १२:२३ 
  • नवलपुर (नवलपरासी), ९ भदौ । बेवारिसे तथा असहाय मानिसको पालनपोषण गर्दै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित अपाङ्ग जीवन विकास संस्था (आश्रम) दाताहरुकै भरमा सञ्चालन हुँदै आएको छ । जन्मोत्सव, वर्षगाँठलगायतका विभिन्न शुभकार्यमा दाताहरुले गर्ने सहयोगकैभरमा आश्रम सञ्चालन भइरहेको छ ।

    आश्रमका सञ्चालक गणेश सापकोटाले कर्मचारीलाई पारिश्रमिक तथा आश्रितहरुलाई खाना र स्वास्थ्योपचारका लागि मासिक रु दुई लाख भन्दा बढी खर्च हुने गरेको जानकारी दिनुभयो । “हामीलाई सरकारी निकायबाट कुनै सहयोग छैन” उहाँले भन्नुभयो, “उत्सव तथा विभिन्न समयमा दाताहरुको दानबाट आश्रम चलाउँदै आएका छौँ, केही नियमित दातासमेत हुनुहुन्छ ।” दाताहरुबाट नगद तथा खाद्यान्नलगायतका जिन्सी सामान सहयोग हुँदै आएको सापकोटाले बताउनुभयो ।

    हाल आश्रममा देशका विभिन्न स्थानबाट उद्धार गरेर ल्याइएका १९ जना असहाय तथा अपाङ्गहरु आश्रित रहेका छन् । जसमध्ये तीन जना महिला तथा दुई जना बालक छन् । आश्रममा संरक्षित व्यक्तिहरुमा मानसिक समस्या भएका, दृष्टिविहीन, बोल्न नसक्ने, खुट्टा तथा अन्य अपाङ्गता भएका व्यक्ति रहेका सापकोटाको भनाइ छ ।

    सडकमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिहरुलाई उद्धार गरी उनीहरुलाई आश्रमा ल्याएर आश्रय दिइँदै आएको सापकोटाले बताउनुभयो । “हामीले उद्धार गरेर ल्याएकामध्ये धेरैलाई पारिवार खोजी गरी पुनःस्थापना गरेका छौँ” उहाँले भन्नुभयो, “पुनःस्थापना हुन नसकेका व्यक्तिहरु संस्थामा नै बस्दै आउनुभएको छ ।” सामान्य खालका बिरामीका लागि स्वास्थ्यचौकीबाट परीक्षण र औषधि उपचारको व्यवस्था हुने गरेको भए पनि जटिल रोगका बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताउनुभयो ।

    आश्रममा अश्रित व्यक्तिलाई आवश्यक पर्ने लुगाफाटा, खाद्यान्नसहितका वस्तु सहयोग गरिदिन उहाँले आग्रह गर्नुभयो । आश्रममा गएर रु पाँच हजार शुल्क सहयोग गरेमा सहयोग गर्ने व्यक्तिको नाममा एक छाकको खाना खुवाइने उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.