सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रिमाल समाज चितवनमा गंगाधरको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति


  •    न्युजभित्तो/८ भाद्र २०८२, आईतवार ०८:५८ 
  • चितवन, ८ भदौ । रिमाल समाज चितवनको नवौं साधारण सभा तथा तेस्रो अधिवेशनले गंगाधर रिमालका अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । शनिबार प्रेमबस्तीस्थित नवराज रिमाल (शास्त्री) को घरमा सम्पन्न अधिवेशनले १३ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा विष्णु कुमारी (पौडेल) रिमाल, सचिवमा अर्जुन रिमाल, कोषाध्यक्षमा भानुभक्त रिमाल रहनुभएको छ । यसैगरी सदस्यहरुमा वसन्त रिमाल, चिरञ्जीवि रिमाल, जुनतारा रिमाल, बालकृष्ण रिमाल, प्रेम बहादुर रिमाल, शिबहरि रिमाल, अमृत रिमाल, मञ्जु कुमारी रिमाल र दुर्गा रिमाल रहनुभएको छ ।

    निवर्तमान अध्यक्ष लालु शर्मा रिमालका अध्यक्षतामा भएको उद्घाटन सत्रमा समाजका केन्द्रीय सदस्य हरिदत्त रिमाल, निर्वाचन मण्डलका संयोजक नारायण प्रसाद उपाध्याय रिमाल, पत्रकार तिलक रिमाल लगायतले रिमाल समाजको गठन र यसले गर्दै आएको कामको बारेमा प्रकाश पार्नुभएको थियो ।

    विभिन्न जिल्लाहरूबाट बसाइँसरी चितवनमा बसोबास गर्दै आउनुभएका रिमाल बन्धुहरूको साझा संस्था रिमाल समाज हो । रिमाल समाज चितवन औपचारिक रुपमा आठ वर्ष तथा अनौपचारिक रूपमा करिब १३ वर्ष अघिदेखि गठन भई काम गर्दै आएको छ ।

    चितवन जिल्लामा बसाईसरी आउनु भएका रिमाल बन्धुहरूको सुख दुख र हकहितका लागि आफ्नै कौशिका गोत्रधारी घर परिवार संगठित भई सुरुवातमा १०–१२ घरधुरीबाट समाज स्थापना गरिएको थियो । हालसम्म आइपुग्दा करिब ३५ घरधुरीको सहभागितामा रिमाल समाज चितवन गठन भएको छ । रिमाल समाज चितवन केन्द्रीय समाजसँग आबद्ध रहँदै जिल्ला प्रशासन कार्यालयमा दर्ता भई विधिवत रुपमा अगाडि बढिरहेको छ ।

    समाजको नेतृत्वमा कुल पूजा समेत हुँदै आएको छ । कूल मन्दीर निर्माणका लागि समाजले चितवनको भण्डारामा जग्गाको पनि व्यवस्थापन गरेको छ । सोही ठाउँमा मन्दिर निर्माण गरी आगामी दिनमा थप व्यवस्थित रुपमा कूल पूजा गर्ने तयारी समाजले गरेको छ ।

    समाजले एउटा कोष समेत सञ्चालन गरेको छ । जहाँ सदस्यहरुले रकम जम्मा र ऋण लिने गर्दछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.