सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउँदै छौँ


  •    न्युजभित्तो/६ भाद्र २०८२, शुक्रबार १६:३८ 
  • काठमाडौँ, ६ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउन लागिएको बताउनुभएको छ ।
    प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै उहाँले सबैको सामाजिक सुरक्षाका लागि कोषमा लैजाने गरी आवश्यक व्यवस्था गर्न लागिएको बताउनुभएको हो । 
    मन्त्री भण्डारीले हालसम्म वैदेशिक रोजगारमा जानेहरूमध्ये १८ लाख ३५ हजार कोषमा आबद्ध भएको जानकारी गराउनुभयो । उहाँले अनौपचारिक क्षेत्रका सबै नेपाली र सबै श्रमिकलाई कोषमा लैजान लागिएको र यसमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । 
    सरकारले संयुक्त अरब इमिरेट्स ९युएई० सँग सम्झौता गरी त्यहाँ जाने नेपाली श्रमिकलाई न्यूनतम् पारिश्रमिक तोकेको, साउदी अरबसँग पनि द्विपक्षीय सम्झौता गर्न लागिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।  “दक्ष वा अर्ध दक्ष कामदार पठाउने र न्यूनतमभन्दा पनि अधिकतम् पारिश्रमिक कति दिन सकिन्छ भन्नेतिर सरकारले ध्यान दिन लागेको छ”,उहाँले सुनाउनुभयो,“श्रम र रोजगार क्षेत्रलाई ‘डिजिटाइज’ गर्ने र ‘एआई च्याटबोर्ड’ पनि सुरु गर्न लागिएको छ ।”
    मन्त्री भण्डारीसँग सांसद पूर्णबहादुर घर्तीले स्थानीय तहमा रोजगारी सृजना गर्नुपर्नेमा त्यसो हुन नसकेको, सामाजिक कोषमा आबद्धता र अन्यलाई आबद्ध गराउने कार्यक्रमबारे प्रश्न सोध्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.