सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्री यादवद्वारा क्षमता अभिवृद्धि केन्द्र उद्घाटन


  •    न्युजभित्तो/६ भाद्र २०८२, शुक्रबार १३:१७ 
  • काठमाडौँ, ६ भदौ ।  खानेपानी तथा सरसफाइ क्षेत्रको अनुसन्धान, नवप्रवर्तन तथा मानव स्रोत विकासमा थप योगदान पुयाउने उद्देश्यसहित नगरकोटमा स्थापना गरिएको राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको आज यहाँ उद्घाटन गरिएको छ ।
    खानेपानीमन्त्री प्रदीप यादवले आज एक विशेष समारोहबीच सो केन्द्रको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मन्त्री यादवले केन्द्रले खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारी, प्राविधिक र सरोकारवालालाई अनुसन्धानमा आधारित, व्यावहारिक तथा दक्षता अभिवृद्धिका तालिम प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको बताउनुभयो ।
    उहाँले भन्नुभयो, “यो केन्द्रबाट देशभरिका खानेपानी तथा सरसफाइसम्बन्धी जनशक्ति प्रशिक्षित भई सेवा प्रवाहलाई अझ प्रभावकारी, जनमुखी र नवप्रवर्तनमैत्री बनाउन मद्दत पुग्नेछ ।” आजको बदलिँदो प्रविधि र बढ्दो जनसङ्ख्याको सन्दर्भमा स्वच्छ, सुरक्षित र दिगो खानेपानी तथा सरसफाइ सेवाप्रवाहको आवश्यकता झन् बढेकाले यस्तो अवस्थामा यो केन्द्र अनुसन्धान र अभ्यासमा आधारित तालिम, नवप्रवर्तन र नीतिनिर्माणमा समेत सहयोगी बन्ने मन्त्री यादवले बताउनुभयो ।
    केन्द्रको संरचनागत व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यले कार्यकारी निर्देशकका रूपमा सहसचिवस्तरको दरबन्दीको व्यवस्था गरिएको र यस केन्द्रको नेतृत्व सहसचिवले गर्ने व्यवस्था गरेपछि सञ्चालन व्यवस्थापनमा थप प्रभावकारी हुने विश्वास गरिएको मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिनुभयो । 
    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डन, मन्त्रालयका सहसचिव मीना श्रेष्ठ, कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएल का प्रमुख अशोक पौडेल, मेलम्ची विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासलगायतको उपस्थिति रहेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.