सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संरक्षण नहुँदा पुरिँदै राजी ताल


  •    न्युजभित्तो/६ भाद्र २०८२, शुक्रबार १२:२६ 
  • गोदावरी (कैलाली), ६ भदौक । कैलालीको गोदावरी नगरपालिका–४ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेको प्राकृतिक राजी ताल संरक्षण अभावमा पुरिन थालेको छ ।

    चुरे पर्वतमा पर्ने उक्त तालमा वर्षात्को पानीले बगाएर ल्याउने पातपतिङ्गर र माटो तथा बालुवाका कारण पुरिन थालेको हो । झण्डै चार हेक्टर क्षेत्रफलमा फैलिएको राजी ताल धार्मिक रुपले महत्वपूर्ण मानिन्छ । ताल खारपानी मन्दिर नजिकबाट मुलका रूपमा बग्ने पानीको मुख्य रिचार्जको स्रोत रहेको मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जीमी साउँदले बताउनुभयो ।

    चुरे क्षेत्रमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको राजी ताल संरक्षण अभावमा बर्सेनि पुरिँदै गएको उहाँले बताउनुभयो । ताल संरक्षणको कार्यक्रम अगाडि नबढाइए ताल लोप हुने जोखिम रहेको स्थानीयवासी बताउँछन् । सो तालमा चुरे क्षेत्रका वन्यजन्तुले पानी पिउने र चराचुरुङ्गीले जलक्रीडा गर्ने गर्दछन् ।

    ताल संरक्षणका लागि हाल मष्टाधाम व्यवस्थापन समितिले सङ्घीय सरकारको सहयोगमा डिपीआर बनाइसकेको अध्यक्ष साउदको भनाइ छ । राजी तालमा बाह्रै महिना पानी रहनेगरी काला खोलाको पानी ल्याउनले योजना रहेको भए पनि त्यसका लागि भने बजेटको सुनिश्चितता नभएको उहाँले बताउनुभयो ।

    प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइ धनगढीका निमित्त प्रमुख डबलबहादुर बोहराले चुरे पहाडमा रहेको राजी तालको संरक्षण आवश्यक रहेको बताउनुभयो ।

    संरक्षणको काम डिभिजन वनअन्तर्गत पर्ने बताउँदै उहाँले प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइले पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका कामलाई प्राथमिकता दिएको बताउनुभयो ।

    चुरे क्षेत्रमा रहेको सो ताल संरक्षणपछि ताल वरिपरि पर्यटकलाई हिँड्नका लागि बाटो निर्माण, पिकनिक स्थल र उद्यानलगायतका पूर्वाधार निर्माणका काम अघि बढाइने निमित्त प्रमुख बोहराको भनाइ छ ।

    धार्मिक ग्वासी समैजी र मोहन्याल देवताबीच स्थानको विषयलाई लिएर झगडा हुँदा पहाडबाट मष्टा देवता आएर उक्त स्थानमा बसी दुवै देवताबीच मेलमिलाप गराएको किंवदन्ती पनि छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.