सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा हरितालिका तीजको अवसरमा आश्रित महिला–किशोरीलाई दर


  •    न्युजभित्तो/५ भाद्र २०८२, बिहीबार १७:३८ 
  • चितवन,५ भदौ ।  हरितालिका तीजको अवसरमा लैङ्गिक हिंसा प्रभावित, असहाय महिला, किशोरी तथा बालबालिकाहरूलाई लक्षित गरी ‘दर खुवाउने कार्यक्रम’ सम्पन्न भएको छ। तीजलाई आत्मीयता र सामूहिकतासँग जोड्दै क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) चितवनको आयोजनामा बुधवार आदर्श गृह नेपालका आश्रित महिला, किशोरी र बालबालिकासँग दर खुवाउने कार्यक्रम सम्पन्न भएको हो ।

    डब्लुडब्लुजेका निवर्तमान अध्यक्ष प्रमिता ढकालले कार्यक्रमबारे प्रष्ट पार्दै तीज पर्व नजिकिदै जादा आर्फै मात्र नभई आश्रित बालबालिकाको अनुहारमा पनि मुस्कान ल्याउने प्रयासस्वरुप कार्यक्रम गरिएको बताउनुभयो ।

    डब्लुडब्लुजे चितवनकी अध्यक्ष सरिता पौडेलले आफ्ना प्रियजनको माया नपाएका मनहरूमा केही क्षण भए पनि आत्मीयता छर्न पाउँदा तीजको सार अनुभूति गरेको बताउनुभयो । कार्यक्रमको सफलतामा साथ दिने सबैप्रति उहाँले विशेष आभार व्यक्त गर्नुभयो ।

    कार्यक्रममा सहभागी भई संरक्षित महिला तथा बालबालिकाहरूसँग खुसी बाँडेको भन्दै क्रियाशिल पत्रकार महिला चितवनको पहलप्रति आदर्श गृह नेपालकी अध्यक्ष मीना खरेलले धन्यवाद ज्ञापन गर्नुभयो । “यो सहयोगले संरक्षित महिला तथा बालबालिकाहरूलाई आत्मबल, सामाजिक हौसला र सकारात्मक ऊर्जा प्रदान गरेको छ । भविष्यमा पनि निरन्तर साथ, सहयोग र समर्पणको अपेक्षा राख्दछौं।” उहाँले भन्नुभयो ।

    कार्यक्रममा शुभकामाना मन्तव्य व्यक्त गर्दै चितवन जिल्ला अदालत बार एसोसिएशनकी अध्यक्ष अधिवक्ता फुलमाया रानाभाटले महिला बालबालिकाको क्षेत्रमा कलम चलाइरहेका पत्रकारलाई राज्यको पीडित राहत कोषबारे पनि अनुगमन र सचेतना फैलाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “लाखौँ रकम राहतमा छुट्याइए पनि त्यसको पहुँच पीडितले पाउन सकेका छैनन्, त्यसैले आवाज उठाउनु जरुरी छ,” । भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले महिलाहरुका चुनौती, अवसर र सिर्जनात्मक भूमिकाबारे प्रकाश पार्दै महिलाको सक्रियताले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताउनुभयो। कार्यक्रममा सहभागीहरुमध्ये पत्रकार महासंघ चितवनकी निवर्तमान उपाध्यक्ष शान्ता अधिकारीले आगामी दिनमा यस्ता कार्यक्रमसँगै आश्रित र समाजका वञ्चित वर्गका लागि ठोस रुपमा थप कलम चलाइरहन आफूहरु लागिपर्ने बताउनुभयो । कार्यक्रमकै दिन जन्मदिन परेका गृहकी आमा भीमकुमारी जिसीलाई पनि शुभकामना दिइएको थियो। कार्यक्रममा संस्थाका पदाधिकारी, सल्लाहकार र शुभेच्छुक महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.