सिड्नीमा नेपाल भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ, अवरोध भनिएको बारेमा मन्त्री भट्टराईले यस्तो लेखे
न्युजभित्तो/२२ पुष २०७६, मंगलवार १६:२७
काठमाडौँ । अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र न्यू साउथ वेल्स राज्य संसद्का सभामुख जोनाथन ओडीले संयुक्तरुपमा सिड्नीमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा त्यहाँका विपक्षी दलका नेता, नगरपालिकाका प्रतिनिधिलगायतले शुभकामना दिनुभएको थियो । पर्यटनमन्त्री भट्टराईले अष्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहानुभूति प्रकट गर्नुभएको थियो । उहाँले नेपाल र नेपाली जनता अष्ट्रेलियाको दुःखमा साथमा रहेको बताउँदै आफ्ना कूटनीतिक नियोग तथा नेपालीलाई सहयोगमा जुट्न आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा नेपाली समुदायले डढेलो पीडितका लागि सहयोग सङ्कलनका साथै केहीबेर मौन र्यालीसमेत निकालेका थिए । सर्कुलर किस्थित कस्टम हाउसदेखि ओपेरा हाउससम्म निकालिएको र्यालीमा नेपालीहरु आ–आफ्नो सांस्कृतिक पहिरन र पहिचानसहित सहभागी भएका पर्यटन मन्त्रालयले जनाएको छ ।
र्यालीमा पर्यटनमन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलर दीपक खड्का र चन्द्र योन्जनसहित १०० भन्दा बढी सहभागी हुनुहुन्थ्यो । सोही क्रममा ओपेरा हाउस पुगेपछि सुरक्षाकर्मीले सहभागीलाई व्यवसायिक ब्यानरसहित नजान अनुरोध गरेका थिए । सहभागी ब्यानर हटाएर ओपेरा हाउस पुगेका थिए ।
यसैबीच अष्ट्रेलियाको सिड्नीमा पर्यटनमन्त्री भट्टराईको उपस्थितिमा भएको ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भमा अवरोध भएका भन्ने बिषयमा आएका समाचार तथ्यहीन रहेको भन्दै पर्यटनमन्त्रीको निजी सचिवालयले खण्डन गरेको छ । कार्यक्रममै अवरोध जस्ता काल्पनिक समाचारमा आएका विषय तथ्यभन्दा धेरै टाढा रहेका र यसको भ्रममा नपर्न पनि सचिवालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई स्वयम्ले आफ्नो फेसबुकमार्फत नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भमा अवरोध भएका भन्ने बिषयमा आएका समाचार तथ्यहीन र कपोलकल्पित भएको भनि खण्डन गर्नुभएको छ । मन्त्री भट्टराईले गरेको पोष्ट यस्तो छ :