सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निसेलढोरवासीले अझै विद्युत् सेवा उपयोग गर्न पाएनन्


  •    न्युजभित्तो/३ भाद्र २०८२, मंगलवार १२:५६ 
  • ढोरपाटन (बागलुङ), ३ भदौ । निसेलढोर गाउँमा विद्युत् सेवाको पहुँच अझै पुगेको छैन निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा झण्डै तीन सय घरमा स्थानीय बसोबास गर्छन् । फाट्टफुट्ट केही घरपरिवारले सोलार प्यानलमार्फत विद्युत् सुविधा उपयोग गरेपनि अधिकांश स्थानीय टुकी र दियालोकै भरमा छन् । नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटनभित्र पर्ने निसेलढोरमा खानेपानी, सडकको पहुँच पुगे पनि अहिलेसम्म विद्युत्को सुविधा पुग्न नसकेको हो ।

    अधिकांश स्थानीय निसी गाउँबाट गएर यहाँ बसोबास गर्ने गरेका छन् । पहिले बर्खाको समयमा मात्र निसेलढोर पुग्ने निसीवासी अहिले स्थायी रूपमै यहाँ बस्न थालेका हुन् । निसेलढोरमा बस्ती विस्तार भए पनि अहिलेसम्म विद्युत्को पहुँच नपुग्दा सयौँ स्थानीय समस्यामा पर्ने गरेका छन् । जेठदेखि असोजसम्म अधिकांश निसीका स्थानीय निसेलढोरमा बस्ने गर्छन् । उनीहरू अहिलेसम्म अन्धकारमै रात बिताउँदै आएका छन् ।

    एक दशक अगाडिसम्म घुम्ती बसाइ हुने गर्दा विद्युत् विस्तारका लागि राज्यले चासो दिएको थिएन । अहिले बाह्रै महिना सयौँ स्थानीय निसेलढोरमा बसोबास गर्दा पनि विद्युत्को सुविधा पाउन नसकेको स्थानीय चन्द्रबहादुर घर्तीमगरले बताउनुभयो । पछिल्लो पाँच वर्षयता निसेलढोरमा स्थायी रूपमा बस्ने स्थानीयको सङ्ख्या बढेको उहाँको भनाइ छ । हुनेखानेहरूले विभिन्न विद्युतीय उपकरण लिएर रातिमा उज्यालो सामान्य परिवारले टुकीकै भरमा रात कटाउनुपर्ने घर्तीमगर बताउनुहुन्छ ।

    “अहिलेको जमानामा पनि हामीहरू विद्युत सेवा उपयोग गर्न पाएका छैनौँ, सरकारले यति ठूलो बस्तीमा विद्युत् ल्याउनका लागि इच्छा देखाएन, पहिले बजारबाट मट्टितेल लिएर टुकी बाल्ने गथ्र्यौँ, अहिले सबै ठाउँमा बिजुली पुगेर होला बजारमा मट्टितेल पनि पाउन गाह्रो छ”, उहाँले भन्नुभयो, “विद्युत्को माग गर्न धेरै ठाउँमा पुग्यौँ, तर अहिलेसम्म कतैबाट पनि माग पूरा गर्न प्रयास भएको छैन ।”

    गाउँमा विद्युत् नहुँदा अन्धकारमै रात बिताउनुका साथै रेडियो सुन्न, टेलिभिजन हेर्न र मोबाइल चार्ज गर्न पनि निकै समस्या भएको स्थानीय पानकुमारी विकले बताउनुभयो । दुई वर्ष अगाडि नेपाल टेलिकमले टावर राखेर फोन गर्न सुविधा दिए पनि विद्युत् नहुँदा चार्ज गर्न नपाइने उहाँको भनाइ छ । अहिले दुई घण्टा हिँडेर मोबाइल चार्ज गर्न ढोरपाटन नगरपालिका–९ स्थित भुजी आउनुपर्ने बाध्यता रहेको विकले सुनाउनुभयो ।

    विकले भन्नुभयो, “आफन्तलाई फोन गर्न पहिला निकै समस्या थियो, दुईतीन घण्टाको उकालो चढेर अग्लो पहाडमा पुगी फोन गर्नुपर्ने बाध्यता अहिले अन्त्य भएको छ, तर बिजुली नहुँदा चार्ज गर्न टाढा जानुपर्छ, गाउँमा बिजुली हुन्थ्यो भने धेरै सजिलो हुने थियो, व्याट्रीबाट रेडियो सुन्छौँ, टेलिभिजन हर्न पाएका छैनौँ ।”

    निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले निसेलढोरमा विद्युत् पुर्याउन केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरिरहेको जानकारी दिनुभयो । स्थानीय जलविद्युत आयोजनाबाट तार तानेर विद्युत् लैजाने भनिए पनि काम नभएको उहाँको भनाइ छ । आगामी वर्षसम्म निसीखोलामा विद्युत् बालेर छाड्ने उपाध्यक्ष घर्तीमगर बताउनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.