सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सशस्त्र प्रहरी नायव उपरीक्षक सुब्बा सम्मानित


  •    न्युजभित्तो/२ भाद्र २०८२, सोमबार १६:४४ 
  • वीरगञ्ज (पर्सा), २ भदौ । सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा सम्मानित हुनुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको स्मृतिमा स्थापना गरेको ‘वेष्ट इन्ट्रिग्रिटी अवार्ड कार्यक्रम २०८२’ बाट उहाँ सम्मानित हुनुभएको छ ।

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले आज यहाँ आयोजना गरेको कार्यक्रमबीच सशस्त्र प्रहरी नम्बर २ छिन्नमस्ताका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र सङ्घका अध्यक्ष हरि गौतमले रु २५ हजार, सम्मानपत्रसहित प्रहरी नायब उपरीक्षक सुब्बालाई सम्मान गर्नुभएको हो ।

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गौतमले थपलियाको योगदान र कर्मलाई चिरस्थायी बनाउन अवार्ड कार्यक्रममार्फत सुब्बालाई सम्मान गरिएको बताउनुभयो । निजी क्षेत्र र सरकारी निकायबीच एकापसमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । प्रहरी नायब महानिरीक्षक ढकालले सशस्त्र प्रहरी बलले सीमानाकाको सुरक्षाका साथसाथै विपद् व्यवस्थापनमा पनि प्रभावकारी भूमिका खेल्दै आएको बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रमुख एवम् गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट समेत उपस्थित हुनुहुन्थ्यो ।

    विसं २०८० भदौ २ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सामा कार्यरत रहँदा प्रहरी उपरीक्षक थपलियाको निधन भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.