महात्तरी । पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५, टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली काँग्रेसका महासमिति सदस्य ५८ वर्षीय ललनकुमार रायको मृत्यु भएको छ । ५८ वर्षीय राय महोत्तरीको मनरासिस्वा नगरपालिका–१०, बथनाहाका स्थायी वासिन्दा हुनुहुन्थ्यो ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार काठमाडौँबाट आउँदै गरेको ना५ख ६४११ नम्वरको गङ्गोत्री बस उखु लोड गरी रोकिराखेको ना४ख ५८१३ नम्वरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो ।
आज बिहान ५ बजे भएको सो दुर्घटनामा परी गम्भीर घाइते भएका रायलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएकामा त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पुर्याइएकोमा सो अस्पतालमा जाने बित्तिकै बिहान करिब ९ बजेतिर चिकित्सकले मृत घोषणा गरेका मृतक रायका आफन्त असिम दुबेले बताउनुभयो ।
नेता राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली काँग्रेसका उम्मेदवार रहनुभएको थियो भने उहाँले प्रजातान्त्रिक आन्दोलनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
सोही दुर्घटनामा परी काँग्रेसकै नेता, कार्यकर्ता तथा सर्वसाधारण यात्रु गरी १८ जना घाइते भएका छन् । उनीहरुको बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।