सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु


  •    न्युजभित्तो/२ भाद्र २०८२, सोमबार १३:११ 
  • काठमाडौँ, २ भदौ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–७ स्पेसलचोकस्थित सडकमा आज बिहान मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

    सो सडकमा बाग्मती प्रदेश ०२–०४१ प ६८१९ को (डिओ) स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ को (सुजुकीजिक्सर) मोटरसाइकल एकापसमा ठक्कर खाँदा घाइते भएका सिराहासाकिको जन्दहगाबिस–४ घरका अन्दाजी २९ वर्षीय भोला थापा तथा नाम, थर ठेगाना र आफन्त नखुलेको कालो पाइन्ट सेतो टिसर्ट लगाएका अन्दाजी ३५ वर्षीय अर्का एक पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “उक्त दुर्घटनामा परी गोरखा आरुपोखरी घर भई हाल बूढानीलकण्ठ–८ भङगाल बस्ने २४ वर्षीय एरिक परियार तथा नाम, थर, वतन नखुलेको कालो ट्र्याक, नीलो टिसर्ट लगाएका अर्का पुरुष व्यक्ति घाइते भएका छन् । उनीहरू दुवै जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।”

    दुर्घटनापछि दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिइएको र मृतक तथा घाइतेका आफन्तको खोजी भइरहेको प्रवक्ता बोहराले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.