सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सङ्गीतकार तथा कवि नन्दनको निधन


  •    न्युजभित्तो/२ भाद्र २०८२, सोमबार १२:१९ 
  • चितवन, २ भदौ । कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको आइतबार राति निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहनुभएका नन्दनको ९० वर्षको उमेरमा चितवन मेकिडल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार उहाँ लामो समयदेखि श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो । विसं २०११ मा ‘झटारो’ गितीसङ्ग्रह प्रकाशन गरेर नेपाली गीत सङ्गीत र साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका नन्दन गजल, कविता तथा अन्य काव्यमा कलम चलाउनुभएको छ ।

    उहाँका धेरै गीत चलचित्र क्षेत्रमा चर्चित छन् । उहाँका गिती सङ्ग्रह अञ्जली २०२३, सपनीवाट ब्यूझेर २०२३, विपनीका पाइलाहरु २०५२, ऐनाभित्रको आकाश २०६३, सिद्धार्थको ग्रह त्याग लघु काव्य २०७४ र पत्रम पुष्पम कविता सङ्ग्रह २०७७ प्रकाशित भएका छन् ।

    यस्तै राष्ट्रिय गान छनोटका क्रममा उहाँको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो । प्रधानका अनुसार उहाँले लामो समय बागिश्वरी, दोभान, मारुनी, गोधुुलीलगायतका साहित्यिक पत्रिका पनि सम्पदान गर्नुभएको थियो । अनौपचारिक शिक्षा आर्जन गरेर गीत संगित र साहित्यमा लाग्नुभएका नन्दन गायक, सङ्गीतकार तथा कलाकार पनि हुनुहुन्थ्यो ।

    विसं १९९२ जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मनुभएका नन्दनपछि बसाइँ सरेर चितवनको नारायणगढ आउनुभएको हो । उहाँ छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ । उहाँलाई रथारोहण तथा सम्मानसमेत गरिएको थियो ।

    उहाँको पार्थिव शरीरको आज धार्मिक तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । नन्दन नारायणी कलामन्दिरको पूर्वअध्यक्ष र सल्लाहकार हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.