सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’


  •    न्युजभित्तो/१ भाद्र २०८२, आईतवार ११:०४ 
  • चितवन, १ भदौ । यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा विपन्नलाई निःशुल्क दाँतको इम्प्लान्ट प्रदान गरिने भएको छ । नारायणगढमा रहेको साइराम डेन्टल केयरमा १० जना विपन्न परिवारका व्यक्तिलाई निःशुल्क दाँतको इम्प्लान्ट गरिने भएको हो ।

    दाँत नभएको ठाउँमा नयाँ दाँत प्रत्यारोपण गर्ने आधुनिक प्रविधिलाई ‘इम्प्लान्ट’ भनिन्छ । फाउन्डेसनका अध्यक्ष डा अजय न्यौपानेका अनुसार अतिविपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गरी दाँतको प्रत्यारोपण गरिने छ । इम्प्लान्ट प्रविधिबाट दाँत प्रत्यारोपण गर्न महँगो भएकाले आर्थिक रूपमा कमजोर मानिसलाई लक्षित गरी निःशुल्क दाँतको प्रत्यारोपण गर्न लागिएको उहाँले बताउनुभयो ।

    एउटा दाँत राख्न नै रु एक लाख हाराहारी खर्च आउने डा न्यौपानेको भनाइ छ । न्यौपानेले भन्नुभयो, “सबैलाई दाँत प्रत्यारोपण गर्न नसकिए पनि केही मानिसलाई मुस्कान दिन र आत्मबल बढाउन यो कार्यक्रम ल्याएका हौँ ।” उहाँका अनुसार अगाडिको दाँत नहुनेलाई प्राथमिकता दिइने छ । फाउन्डेसनले दाँत प्रत्यारोपणका लागि ३० देखि ६० वर्ष उमेर समूहका मानिसलाई छनोट गर्नेछ । एउटा दाँत प्रत्यारोपण गर्नका लागि कम्तीमा तीनदेखि ६ महिना लाग्ने डा न्यौपानेले जानकारी दिनुभयो ।

    साइराम डेन्टल केयरले चितवनमा रहेर आठ वर्षदेखि दाँतको प्रत्यारोपण गर्दै आएको छ । विशेषगरी बायोहोराइजन कम्पनीका उत्पादन दुई वर्षदेखि प्रत्यारोण गर्न लागिएको उहाँको भनाइ छ । फाउन्डेसनका डा सरु थापाले अगाडिका दाँत नहुँदा मानिसमा आत्मबल पनि कमजोर हुने भएकाले विपन्नलाई सहयोग गर्न कार्यक्रम अघि सारिएको बताउनुभयो । उहाँले भन्नुभयो, “फाउन्डेसनले अन्य दातासमेत खोजेर आफ्नो समेत सहयोगमा विपन्नलाई सहयोग गर्नेछ ।”

    चिकित्सक दम्पतीले फाउन्डेसनमार्फत विभिन्न सामाजिक कार्य गर्दै आउनुभएको छ । चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, विपन्न परिवारलाई खाद्यन्न तथा लत्ताकपडा वितरण, बालबालिकाको निःशुल्क दन्त परीक्षणलगायतका काम गर्दै आउनुभएको छ ।

    फाउन्डेसनका अध्यक्ष डा न्यौपाने भरतपुर अस्पतालका दन्तरोग विभागका प्रमुख एवं जिल्लाका पुराना दन्त चिकित्सक हुनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.