सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार


  •    न्युजभित्तो/३१ श्रावण २०८२, शुक्रबार १६:४४ 
  • नेपालगञ्ज, ३० साउन । नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली प्रहार गरी लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरुमा पक्राउ गरिएको र दुईजनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा उनीहरुमाथि दुई राउड गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिनुभयो ।

    “लागुऔषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा दुई जनालाई पछ्याएका थियौँ तर त्यहाँ चार जना रहेछन्” उहाँले भन्नुभयो । दुई जनालाई प्रहरीले पक्राउ गरेपछि बाँकी दुईजनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोजेपछि बाध्य भएर प्रहरीले गोली चलाएको प्रहरी उपरीक्षक घर्तीले बताउनुभयो ।

    प्रहरीले नेपागञ्ज उपमहानगरपालिका– ५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडियाका २० वर्षीय अजयकुमार र २० वर्षीय कात्र्तिक कुमारलाई पक्राउ गरेको हो ।

    प्रहरीले कार्तिक कुमारको खुट्टामा गोली लागेको जनाएको छ । उनको दायाँ खुट्टामा गोली लागेको छ । लागुऔषध कारोवारीले प्रहार गरेको इँटा लागेर एकजना प्रहरी घाइते भएका छन् ।

    घाइते प्रहरीलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
    स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ: प्रधानमन्त्री शाह
    धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर
    • एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
    • कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
    • लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड
    • साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.