सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानवअधिकार आयोग


  •    न्युजभित्तो/३१ श्रावण २०८२, शुक्रबार १६:१९ 
  • काठमाडौँ, ३० साउन । राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको महेन्द्रनगर, मदनचोकमा आमरण अनशनमा रहेका आरक्षपीडितको न्याय र जीवन रक्षाका लागि आग्रह गरेको छ ।

    आयोगका सहसचिव डा टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी आमरण अनशनरत सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकाया र रणबहादुर बमको जीवन रक्षा गर्न माग आग्रह गरेको हो । “स्वास्थ्य अवस्थालाई समेत ध्यानमा राखी निजहरूको मागका सम्बन्धमा यथाशीघ्र वार्ता गरी सहमतिकै माध्यमबाट अनशनरत व्यक्तिको जीवनरक्षा गर्न आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ”,विज्ञप्तिमा भनिएको छ,“यसका साथै आमरण अनशनलाई स्थगित गरी आफ्ना माग र अधिकारका सम्बन्धमा वार्ता, छलफल र कानुनी बाटो अवलम्बन गर्न अनशनरत पक्षलाई समेत आयोग आग्रह गर्दछ ।”

    आरक्षपीडितलाई क्षतिपूर्तिको व्यवस्था, ढक्का र तारापुरलगायत क्षेत्रका जनताको बसोबासको व्यवस्था, आरक्षपीडितलाई द्वन्द्वपीडित घोषणा, निःशुल्क स्वास्थ्य र शिक्षालगायत माग राख्दै २०८२ साउन २२ गतेदेखि रोकाया र बम आमरण अनशनमा हुनुहुन्छ ।

    यस विषयमा आयोगमा ज्ञापनपत्रसमेत प्राप्त भएको र महेन्द्रनगरका साथै कञ्चनपुरकै वाणी र लालझाडीको ढक्का शिविरमा भइरहेका रिले अनशनको आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीबाट अनुगमनसमेत भएको जनाइएको छ ।

    आमरणअनशनरत व्यक्ति ज्येष्ठ नागरिक रहेको र अनशन लम्बिँदै जाँदा निजहरूको स्वास्थ अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
    ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ
    चौधौँ वर्षमा वाग्मती सफाइ महाअभियान
    • प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग
    • प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
    • खानीडाँडा–थामर्खक सडकमा कालोपत्र सुरु
    • कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.