सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बगैँचाखेतीमा किसानको आकर्षण बढ्दो

  •    न्युजभित्तो/३१ श्रावण २०८२, शुक्रबार १४:५५ 
  • महोत्तरी, ३० साउन । पछिल्ला केही वर्षयता महोत्तरीका किसानमा बगैँचा फलफूल खेतीतिर आकर्षण बढ्दैछ । अन्नबाली, तरकारी र उखुसहितका अन्यबाली लगाउन भरपर्दो सिँचाइ एवं बीउ, मल समयमा नपाइएपछि किसानको बगैँचाखेतीमा आकर्षण बढेको हो ।

    जिल्लामा बगैँचाखेतीमा मुख्य रुपले आँप लगाइन्छ । लिची, रुखकटहर, सपातो र केरासहितका फलपूmल लगाइए पनि बगैँचाखेतीमा आँपतिर नै किसानको आकर्षण देखिएको छ । सामान्य सिँचाइमा गर्न सकिने, एकपटक लगाएपछि कमसेकम एक दशकसम्म हुने र बर्सेनि सामान्य गोडमेल गरेर बोट घेरबार गर्नसके आँप सजिलै हुर्कने किसान बताउँछन् । यसपालि लामो खडेरीले मुख्यबाली धान लगाउन हम्मेहम्मे परेको बताउँदै भङ्गाहा–४ का ६० वर्षीय किसान गङ्गाराम महतोले अब आँप रोप्ने तयारी गरेको बताउनुभयो ।

    “यसपाली खडेरीले कस्तो पाठ सिकायो, मैले अब आँपखेती बढाउने तयारी गरे”, महतोले भन्नुभयो, “करिब १० कट्ठा जग्गामा आँप रोप्न खनेको खाल्डोमा कम्पोष्ट मल राखिसके, अब भदौ पहिलो साताभित्रै रोपिसक्छु ।” बिरुवा रोपिएको दुई वर्षभित्रै उत्पादन दिन थाल्ने हुँदा एक वर्षमात्र खेप्नुपर्ने उहाँको भनाइ छ ।

    कृषिको जनशक्ति विदेशिएको, मौसमको प्रतिकूलता र अन्नखेती लगाउन खर्च बढ्दै गरेको किसानको भनाइ छ । आँप लगाउँदा रोप्ने बेलामा लाग्ने जनशक्तिको खर्च अन्य बालीभन्दा निकै कम हुने बर्दिवास–५ चेरुका राजन पौडेल बताउनुहुन्छ । आफूले दुई बिघाभन्दा बढीमा आँपखेती लगाएको पौडेलको भनाइ छ ।

    “मैले लगाएका आँपले उत्पादन दिन थालेको नै दुई वर्ष भइसक्यो, बर्सेनि रु दुई लाख ठेक्कामा व्यापारीले लाने गरेका छन्”, पौडेलले भन्नुभयो, “फुल्ने बेलामै ठेक्का भएपछि बगैँचाको स्याहार पनि ठेक्का लिने व्यापारीले नै गर्छन् ।” आपूmले यसपाली पनि एक बिघामा आँपखेती बढाउन लागेको उहाँले बताउनुभयो ।

    आँपका लागि यहाँको माटो र हावापानी अनुकूल भएको तथा खेती कम खर्चिलो भएपछि बगैँचा लगाउने किसान बढ्दैछन् । पाँच वर्षअघिसम्म तीन हजार हेक्टरभन्दा तल रहेको बगैँचाखेती अहिले करिब पाँच हजार हेक्टर पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिला वर्षमा रोपेको वर्षदिनमै उत्पादन दिने नयाँ विकसित जातका आँप लगाउने किसान बढेका कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो बताउनुहुन्छ ।

    यिनमा स्वर्णरेखा, मल्लिका र आम्रपालीसहित छन् । यी जातका रुख धेरै अग्ला नहुने, थोरै क्षेत्रफलभित्र पनि रोप्न सकिने, बर्सेनि फल्ने र सुगन्धितसँगै मीठो स्वादका हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेका महतोको अनुभव छ । यीबाहेक पुराना जातका मालदह, ग्रिन बम्बई, सिपिया, गोपालभोग, लालगुलाब, एलो बम्बई, दसहरी, कृष्णभोग र कलकतिया जातका आँपखेतीका लागि किसानको रोजाइमा पर्ने गरेका छन् ।

    बगैँचाखेतीका लागि सरकारले बिरुवा र अन्य प्राविधिक सहयोगमा समन्वय गरिदिनुपर्ने किसानको माग छ । कृषि ज्ञान केन्द्रले किसानले समन्वय गर्दा सहुलियतपूर्ण बिरुवा उपलब्धता र फलफूल विज्ञको प्राविधिक सलाह पाउने व्यवस्था गर्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादव बताउनुहुन्छ । रासस

    बगैँचाखेतीमा किसानको आकर्षण बढ्दो

    महोत्तरी, ३० साउन । पछिल्ला केही वर्षयता महोत्तरीका किसानमा बगैँचा फलफूल खेतीतिर आकर्षण बढ्दैछ । अन्नबाली, तरकारी र उखुसहितका अन्यबाली लगाउन भरपर्दो सिँचाइ एवं बीउ, मल समयमा नपाइएपछि किसानको बगैँचाखेतीमा आकर्षण बढेको हो ।

    जिल्लामा बगैँचाखेतीमा मुख्य रुपले आँप लगाइन्छ । लिची, रुखकटहर, सपातो र केरासहितका फलपूmल लगाइए पनि बगैँचाखेतीमा आँपतिर नै किसानको आकर्षण देखिएको छ । सामान्य सिँचाइमा गर्न सकिने, एकपटक लगाएपछि कमसेकम एक दशकसम्म हुने र बर्सेनि सामान्य गोडमेल गरेर बोट घेरबार गर्नसके आँप सजिलै हुर्कने किसान बताउँछन् । यसपालि लामो खडेरीले मुख्यबाली धान लगाउन हम्मेहम्मे परेको बताउँदै भङ्गाहा–४ का ६० वर्षीय किसान गङ्गाराम महतोले अब आँप रोप्ने तयारी गरेको बताउनुभयो ।

    “यसपाली खडेरीले कस्तो पाठ सिकायो, मैले अब आँपखेती बढाउने तयारी गरे”, महतोले भन्नुभयो, “करिब १० कट्ठा जग्गामा आँप रोप्न खनेको खाल्डोमा कम्पोष्ट मल राखिसके, अब भदौ पहिलो साताभित्रै रोपिसक्छु ।” बिरुवा रोपिएको दुई वर्षभित्रै उत्पादन दिन थाल्ने हुँदा एक वर्षमात्र खेप्नुपर्ने उहाँको भनाइ छ ।

    कृषिको जनशक्ति विदेशिएको, मौसमको प्रतिकूलता र अन्नखेती लगाउन खर्च बढ्दै गरेको किसानको भनाइ छ । आँप लगाउँदा रोप्ने बेलामा लाग्ने जनशक्तिको खर्च अन्य बालीभन्दा निकै कम हुने बर्दिवास–५ चेरुका राजन पौडेल बताउनुहुन्छ । आफूले दुई बिघाभन्दा बढीमा आँपखेती लगाएको पौडेलको भनाइ छ ।

    “मैले लगाएका आँपले उत्पादन दिन थालेको नै दुई वर्ष भइसक्यो, बर्सेनि रु दुई लाख ठेक्कामा व्यापारीले लाने गरेका छन्”, पौडेलले भन्नुभयो, “फुल्ने बेलामै ठेक्का भएपछि बगैँचाको स्याहार पनि ठेक्का लिने व्यापारीले नै गर्छन् ।” आपूmले यसपाली पनि एक बिघामा आँपखेती बढाउन लागेको उहाँले बताउनुभयो ।

    आँपका लागि यहाँको माटो र हावापानी अनुकूल भएको तथा खेती कम खर्चिलो भएपछि बगैँचा लगाउने किसान बढ्दैछन् । पाँच वर्षअघिसम्म तीन हजार हेक्टरभन्दा तल रहेको बगैँचाखेती अहिले करिब पाँच हजार हेक्टर पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिला वर्षमा रोपेको वर्षदिनमै उत्पादन दिने नयाँ विकसित जातका आँप लगाउने किसान बढेका कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो बताउनुहुन्छ ।

    यिनमा स्वर्णरेखा, मल्लिका र आम्रपालीसहित छन् । यी जातका रुख धेरै अग्ला नहुने, थोरै क्षेत्रफलभित्र पनि रोप्न सकिने, बर्सेनि फल्ने र सुगन्धितसँगै मीठो स्वादका हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेका महतोको अनुभव छ । यीबाहेक पुराना जातका मालदह, ग्रिन बम्बई, सिपिया, गोपालभोग, लालगुलाब, एलो बम्बई, दसहरी, कृष्णभोग र कलकतिया जातका आँपखेतीका लागि किसानको रोजाइमा पर्ने गरेका छन् ।

    बगैँचाखेतीका लागि सरकारले बिरुवा र अन्य प्राविधिक सहयोगमा समन्वय गरिदिनुपर्ने किसानको माग छ । कृषि ज्ञान केन्द्रले किसानले समन्वय गर्दा सहुलियतपूर्ण बिरुवा उपलब्धता र फलफूल विज्ञको प्राविधिक सलाह पाउने व्यवस्था गर्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादव बताउनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी

    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.