सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानलाई कोदो रोप्न चटारो


  •    न्युजभित्तो/३१ श्रावण २०८२, शुक्रबार १४:४२ 
  • भोजपुर, ३० साउन । यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि मकै लगाएको बारीमा दोस्रो बालीका रुपमा यहाँका किसानले कोदो रोप्ने गर्दछन् । कोदो भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सिका, दावासँगै जिल्लाका नौवटै स्थानीय तहमा खेती हुने गरेको छ ।

    यस वर्ष समयमा वर्षात् नहुँदा खडेरीका कारण बेँसी क्षेत्रमा कोदो रोप्न केही ढिला भएको किसानले बताएका छन् । वर्षात् भएपछि किसान कोदोखेतीमा जुटेका हुन् । कोदो स्थानीय बजारमा प्रतिकिलो रु ५० देखि रु ६० का दरले बिक्री हुने गरेको छ । रैथाने बालीका रुपमा रहेको कोदोबाली प्रवद्र्धनका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने स्थानीय कृषक रामबहादुर खत्रीले बताउनुभयो ।

    “व्यावसायिक रुपमा कोदोखेती गर्ने चलन त छैन”, उहाँले भन्नुभयो, “आफूले खानका लागि खेती गर्दै आएका छौँ, गाउँघरमा अहिले कोदोखेतीको चटारो छ, राज्यले कोदोखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।” कोदोबाट रोटी, ढिँडो, केक, पेय पदार्थका साथै विभिन्न मिष्ठान्न परिकार बनाउन प्रयोग गरिन्छ । गत वर्ष पाँच हजार २७० हेक्टर क्षेत्रफलमा खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष पनि सोही हारहारीमा खेती हुने आँकलन रहेको केन्द्रको भनाइ छ ।

    श्रमका आधारमा उत्पादन कम हुने भएकाले यसतर्फ कृषकको आकर्षण घट्दै गएको स्थानीय किसानले बताउने गरेका छन् । कोदाको मूल्य स्थिर नहुँदा भने बेचबिखनमा समस्या हुने गरेको किसानको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.