सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानव–वन्यजन्तु द्वन्द्व घटाउन पोखरी निर्माण


  •    न्युजभित्तो/३१ श्रावण २०८२, शुक्रबार ११:४८ 
  • दमौली (तनहुँ), ३० साउन । वनमा पानीको स्रोत मासिँदै गएपछि मानव वस्तीमा वन्यजन्तु आउन थालेपछि डिभिजन वन कार्यालयले वन्यजन्तुका लागि पोखरी निर्माण गरेको छ ।

    मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनअन्तर्गत उक्त कार्यालयले जिल्लाका आठ वटा सामुदायिक वनमा पोखरी निर्माण गरेको हो ।

    वन अधिकृत काशीराज पण्डितका अनुसार गत आर्थिक वर्षमा म्याग्दे गाउँपालिका–३ स्थित सिद्धबतासन सामुदायिक वन, देवघाट गाउँपालिका–४ को आमडाँडा मोहोरिया सामुदायिक वन, ऋषिङ गाउँपालिका–३ को जनशक्ति सामुदायिक वन, सोही गाउँपालिकाको वडा नम्बर ४ मा रहेको बराहसेनी सामुदायिक वन, शुक्लागण्डकी नगरपालिका–२ स्थित तारा सामुदायिक वन, बन्दीपुर गाउँपालिका–२ को सिद्धथान सामुदायिक वन, भिमाद नगरपालिका–४ मा अवस्थित मसुरेगैरा सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो ।

    पोखरी निर्माणका लागि प्रतिसामुदायिक वन रु एक लाख प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । एक लाखको लागतमा भानु नगरपालिका–९ स्थित वागीश्वरी सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस नेता श्रेष्ठको निधन
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो
    विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक
    • विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक
    • चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
    • ऐन विपरीत खाद्य पदार्थ उत्पादन-बिक्री गर्ने बाँकेका दुई व्यवसायीलाई जरिवाना र सजाय
    • अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.