सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानलाई मल उपलब्ध गराउन सांसदद्वारा सरकारको ध्यानकर्षण


  •    न्युजभित्तो/३० श्रावण २०८२, बिहीबार १५:५६ 
  • काठमाडौँ, २९ साउन । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकमा किसानले मलको हाहाकार झेलिरहेकाले यथाशीघ्र उपलब्ध गराउन सांसदहरुले ध्यानाकर्षण गराएका छन् ।

    शून्य समयमा आफ्ना धारणा राख्दै सांसदहरुले रोपाइँको समयमा पनि मल उपलब्ध हुन नसक्दा किसान मारमा परेकाले सो विषयमा सम्बोधन हुनुपर्नेमा जोड दिएका हुन् ।

    सांसद भिमप्रसाद आचार्यले भन्नुभयो, “दुःख गरेर बाली लगाएकामा मलको अभाव छ । खडेरीको मारमा थिए किसान अहिले मलको अभाव झेलिरहेका छन् । हरेक वर्ष मल अभाव किन हुन्छ रु समयमा यसको व्यवस्थापन किन गरिँदैन रु यसको सम्बोधन हुनुपर्छ ।”।

    सांसद रामहरि खतिवडाले देशभर मलको हाहाकार देखिएकाले समस्या हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले लम्पी स्किन रोगले देशभर वस्तुभाउ मरेर आक्रन्त पारेकाले यसमा पनि ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।

    सांसद रामकुमार राई, सांसद रामशंकर यादव र सांसद रामकृष्ण यादवले मल अभाव हुन नदिन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनुभयो ।

    यसैगरी सांसद भानुभक्त जोशीले वर्षायाम सुरुभएसँगै देशका विभिन्न सडकहरु अस्तव्यस्त देखिएकाले दुरदराजका सडकको स्तरोन्नतिको माग गर्नुभयो ।

    सांसद महेशकुमार बर्तौलाले नेपाली महिला फुटबल टिम विश्व फिफा वरियतामा १३औँ स्थानमा उक्लेको उदाहरण दिँदै सरकारले खेलकुद क्षेत्रमा उचित र उपयुक्त वातावरण दिएमा उत्कृष्ट योगदान दिन सक्ने बताउनु्भयो । उहाँले खेलकुद क्षेत्रलाई विशेष ध्यान दिएर विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

    सांसद महेश बस्नेतले बर्सातको समयमा बाढीपहिरोले पूल बगाउने समस्या भएकाले चाँडो यातायात सञ्चालन गर्न बेलिब्रिज उपयुक्त हुने बताउँदै बेलिब्रिज निर्माण गर्न सक्ने इन्जिनियर उत्पादन गर्नुपर्ने बताउनुभयो ।

    सांसद माधव सापकोटाले तातोपानी र केरुङ नाका तत्काल सञ्चालन गर्नुपर्ने नभए चाडपर्वको बेला महङ्गीको मार खेप्नुपर्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.