सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्राकृतिक विपद्बाट हुनसक्ने जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड


  •    न्युजभित्तो/३० श्रावण २०८२, बिहीबार १५:५२ 
  • काठमाडौँ, २९ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुनजन्य प्राकृतिक विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षति र जोखिम न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    बैठकमा उहाँहरूले बाढीपहिरो जस्ता मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी, पूर्वसूचना, राहत तथा उद्धार समयमा हुनुपर्नेमा जोड दिनुभएको हो ।

    बैठकको आकस्मिक समयमा सांसद अर्जुननरसिंह केसीले नुवाकोटको त्रिशूली बजारमा विद्युत् प्राधिकरणको जलविद्युत् केन्द्रको नहरबाट खानेपानी आपूर्ति भइरहेकामा बाढीका कारण क्षतिग्रस्त हुँदा खानेपानीको समस्या भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    “तत्काल समस्या समाधान गर्न आवश्यक छ, ओखरपौवामा फोहरका कारण वायु र पानी प्रदूषण हुँदा समस्या भइरहेको छ । राष्ट्रिय फोहर प्राधिकरण गठन गर्न आवश्यक छ”, उहाँले भन्नुभयो । प्राकृतिक विपद्का कारण जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

    सांसद भगवती चौधरीले स्थानीय तहले जनताका आवाज उठाउँदा जनप्रतिनिधिले अनावश्यक दुःख दिएका भन्दै जनताको विकासलाई उपेक्षा गर्न नहुनेमा जोड दिनुभयो । सांसद अमनलाल मोदीले कोशी प्रदेशले कामकाजको भाषामा थारु भाषालाई उपेक्षा गरेको भन्दै यो विषयमा सरोकार भएका सबैको गम्भीर ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

    “ग्रामथानदेखि गाउँपालिका, नेताचोकदेखि पूर्वको केरुङसम्मको बाटो ठूलो नहर मोरङ–सुनसरीअन्तर्गत पर्छ । त्यस्तै पश्चिममा खनारसम्म आज त्यहाँ बाटो हिलाम्मे भएर हिँड्न नसक्ने अवस्था आएको छ, तसर्थ यो विषयमा पनि सरकारको ध्यान जाओस्”, उहाँले भन्नुभयो ।

    सांसद बिजुला रायमाझीले शीतगङ्गा नगरपालिका–९ र ११ जोड्ने राङसिङ खोलाको निर्माणधीन पुल नबन्दा सर्वसाधारणको ज्यान गएको भन्दै समयमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

    सांसद किरणकुमार साहले मधेशका किसानले पहिला वर्षा नहुँदा समयमा रोपाइँ गर्न नपाएका तर अहिले भने बाढीको जोखिम रहेको भन्दै बाढीबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि नदी नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

    सांसद सराज अहमद फारुकीले धरानमा पहिरोका कारण घर जोखिममा रहेका भन्दै समयमा विपद् व्यवस्थापनका लागि पूर्वसूचना र पूर्वतयारीमा ध्यान दिनुपर्ने बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.