सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुग्ध उत्पादक किसानका दुग्ध विकास बोर्डले रु एक अर्ब र निजी क्षेत्रले रु तीन अर्ब भुक्तानी गर्न बाँकी


  •    न्युजभित्तो/३० श्रावण २०८२, बिहीबार १३:५७ 
  • नारायण अधिकारी

    चितवन, २९ साउन । दुग्ध उत्पादक सहकारीले दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको चितवनमा सम्पन्न ३१औँ सञ्चालक समिति बैंठकले दूधको भुक्तानी नपाएमा आगामी भदौ ४ गते देखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

    दुग्ध उत्पादक सहकारीले भुक्तानी नपाउँदा किसानलाईसमेत भुक्तानी गर्न नसकिएको जनाउँदै आन्दोलन गर्ने चेतवनी दिएका हुन् । सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरले भदौ ४ गते जिल्ला सहकारी सङ्घका अध्यक्षहरुको भेला आयोजना गर्ने र सोही भेलाले थप निर्णय लिने बताउनुभयो । उहाँले भन्नुभयो “दुग्ध उत्पादक किसान सम्मानित हुन चाहन्छौँ । अपमानित होइन । यसका लागि आन्दोलनमा जाने निर्णय गरेका हौँ ।” अहिले देशभरका दुग्ध उत्पादकले सरकारी र निजी क्षेत्रबाट गरी रु चार अर्ब बढी भुक्तानी पाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । पटक–पटक वार्ता र छलफल गर्दासमेत भुक्तानी पाउने सम्भावना नदेखेपछि आन्दोलनमा जुट्नु परेको उहाँले बताउनुभयो । उहाँका अनुसार दुग्ध विकास बोर्डको रु एक अर्ब र निजी क्षेत्रबाट रु तीन अर्ब भुक्तानी पाउनुपर्ने छ । सरकारसँग भएको वार्तापछिको ११ बुँदे सहमति कार्यान्वयनमा नआएको भन्दै सङ्घले आन्दोलनको तयारी गरेको हो ।

    बैठकपछि आज पत्रकार सम्मेलनको आयोजना गर्दै सङ्घले दुग्ध उत्पादक किसानको रकम तिर्ने र नतिर्ने उद्योगको वर्गीकरण गरेर सार्वजनिक गर्नेसम्मका कार्यक्रम गरिने सङ्घका महासचिव राम आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कतिपय उद्योगले भुक्तानी गरिरहेका छन् । त्यस्ता उद्योग र भुक्तानी नगर्ने उद्योगको वर्गीकरण गरेर भुक्तानी पाउनुपर्ने रकमसहित सार्वजनिक गछौंँ ।”

    पटक–पटकका छलफलबाट निकास नआएको भन्दै उहाँले एक सातासम्म भुक्तानी बाँकी भएका उद्योगलाई भुक्तानी गर्नसमेत आग्रह गर्नुभयो । उहाँले थप्नुभयो “हामी भुक्तानी बाँकी रहेका उद्योगलाई भुक्तानीका लागि पत्राचार गरेर ४ गते सम्मको समय दिन्छाँै । त्यतिबेलासम्म पनि नभए आन्दोलनमा जान्छौँ ।”
    सङ्घका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले दूध बेचेर घरगृहस्थी सञ्चालन गर्ने किसानलाई उद्योगीले अपहेलित गरेकाले आन्दोलनमा जाने तयारी गरिएको बताउनुभयो ।

    उहाँका अनुसार दुग्ध विकास बोर्ड र निजी उद्योगले सामान बिक्री भएपछि भुक्तानी दिने भनेर बताए पनि लामो समयदेखिको भुक्तानी बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “यसपालिको आन्दोलनबाट किसानले न्याय पाउने छन् ।” दुग्ध विकास बोर्डले गत माघ महिनादेखिको भुक्तानी दिन बाँकी रहेको छ, भने निजी क्षेत्रको मङ्सिरदेखिको भुक्तानी दिन बाँकी रहेको छ ।

    सङ्घका सचिव थानेश्वर सापकोटाले विभिन्न बाहनामा किसानको दूधको भुक्तानी उद्योगीले नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । यही अवस्था रहे दुग्ध उत्पादक किसान समस्यामापर्ने भन्दै सरोकारवालाले समस्या समाधानमा चासो दिनुपर्ने बताउनुभयो । सरकार र निजी क्षेत्र उदाशिन बन्दा दुग्ध उत्पादक किसान समस्यामा रहेको उहाँको भनाइ छ ।

    देशभर ६४ वटा जिल्लामा दूध उत्पादन हुँदै आएको छ । ३६ वटा जिल्लामा जिल्ला दुग्ध उत्पादक सहकारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । ती जिल्लाबाट दैनिक ७० लाख लिटर दूध उत्पादन हुँदै आएको छ । एक हजार आठ सय ७२ वटा दुग्ध उत्पादक सहकारीले दैनिक १३ लाख लिटर दूध उत्पादन गर्दै आएको सो अवसरमा जानकारी दिइयो । ती सहकारीमा ६ लाख परिवार आवद्ध रहेको जानकारी दिँदै सङ्घले ३० लाख भन्दा बढी किसान दूध उत्पादनमा जोडिएको सङ्घका महासचिव आचार्यले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.