सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृष्णपुरमा छाउगोठ भत्काउने अभियान


  •    न्युजभित्तो/३० श्रावण २०८२, बिहीबार १२:५८ 
  • दोधारा चाँदनी (कञ्चनपुर),२९ साउन । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित हनुमानपुरमा रहेका २० छाउगोठ भत्काइएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार स्थानीय जनप्रतिनिधिको सहयोगमा हनुमानपुरमा रहेका छाउगोठ भत्काइएको हो । कृष्णपुर–१ मा वडा सदस्य रत्नादेवी बोहराको संयोजकत्वमा समिति बनाएर छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको छ ।

    असार अन्तिम साता कृष्णपुर–१ स्थित निगालीमा छाउगोठमा सुतेकी कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले पन्ध्र दिनभित्र छाउगोठ नभत्काए कानुन अनुसार कारबाही र १० हजार जरिवाना गर्ने चेतावनी दिएको थियो । नगरपालिकाको चेतावनी पछि पनि स्थानीयले छाउगोठ नभत्काएपछि पालिकाले वडा सदस्य बोहराको संयोजकत्वमा समिति बनाएर छाउगोठ भत्काउने अभियान सुरु गरेको हो । “हामीले पटक पटक सम्झाई बुझाइ गर्दा पनि छाउगोठ भत्काउन मानेनन ।” वडा सदस्य रत्ना देवी बोहराले भन्नुभयो,“स्थानीयले अटेरी गरेपछि स्थानीक्लब,जनप्रतिनिधि र प्रहरीको सहयोगमा छाउगोठ भत्काउने अभियान नै चलाएका छौ ।

    ” उहाँका अनुसार मंगलवार र बुधवार उक्त स्थानमा ३६ छाउगोठ भत्काइएको छ । वडा कार्यालयले गत वर्षदेखी नै छाउगोठ भत्काउने अभियान सञ्चालन गरेपनि स्थानीयको अवरोधल अभियान बिचमै रोकिएको थियो । छाउगोठमा सर्पले टोकेर महिलाको मृत्युको घटनापछि जिल्ला प्रशासन कार्यालयले समेत कुरिती हटाउन सबै पालिकालाई निर्देशन दिएको थियो ।

    कृष्णपुर –१ का वडा अध्यक्ष मोहन बस्नेतले हरेक दिन दिउँसो १ बजेदेखी वडामा छाउगोठ भत्काउने अभियान सञ्चालन हुने गरेको बताउनुभयो । “हामी यो कुरिति हटाउने अभियानमा लागेका छौ यहाँका बाल क्लब,स्थानीय र स्वयंसेवकले पनि सहयोग गरेका छन ।” उहाँले भन्नुभयो“पालिकाले पनि छाउगोठ नभत्काउनेको सेवा सुविधा रोक्ने तयारी गरेको छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
    प्रधानमन्त्री वालेन्द्रका प्रमुख राजनीतिक सल्लाहकार अशिम साह केन्द्रीय सदस्य उम्मेदवार
    मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून
    • रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ
    • मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण
    • रास्वपा महाधिवेशन: बन्दसत्र सुरु
    • गुटउपगुटमा नलाग्न सभापति लामिछानेको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.