सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कक्षा १२ को परिक्षामा बेहेरेश्वर माविका सतप्रतिशत विद्यार्थी उत्तीर्ण


  •    न्युजभित्तो/३० श्रावण २०८२, बिहीबार १२:४३ 
  • भोजपुर, २९ साउन । रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङमा रहेको बेहेरेश्वर माध्यमिक विद्यालय कक्षा १२ को परीक्षामा सतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । परीक्षामा सामेल भएका सम्पूर्ण २१ विद्यार्थी नै पास भएको विद्यालयले जनाएको छ ।

    परिक्षामा सामेल सम्पूर्ण विद्यार्थी पास गराएर बेहेरेश्वर माध्यमिक विद्यालय कोशी प्रदेशमा पहिलो बनेको वडाध्यक्ष जगतबहादुर चौहानले जानकारी दिनुभयो । राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको नजिताअनुसार सतप्रशित विद्यार्थी उत्तीर्ण गराउनेमा कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये पहिलो बनेको उहाँको दाबी छ । सामुदायिकतर्फ कोशी प्रदेशमा यो विद्यालय प्रथम बनेको वडाध्यक्ष चौहानले बताउनुभयो ।

    “बेहेरेश्वर मावि कक्षा १२ को नतिजामा कोशी प्रदेशमा प्रथम बनेको छ”, वडाध्यक्ष चौहानले भन्नुभयो, “शैक्षिक सुधारका क्षेत्रमा विभिन्न काम गरेसँगै विद्यालयलाई कोशी प्रदेशमा पहिलो बनाउन सफल भएका छौँ ।” विसं २०७५ बाट कक्षा ११ र १२ सञ्चालन गरिएको विद्यालयमा चार वर्षसम्म वडाले बजेट विनियोजन गरेको वडाध्यक्ष चौहानले बताउनुभयो ।

    यो विद्यालयमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समेत अध्ययन गरेको उहाँको भनाइ छ । विसं २०१९ मा पूर्व राष्ट्रपति भण्डारीका पिता रामबहादुर पाण्डेले प्राथमिक विद्यालयमा स्विकृत गराएको उहाँले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
    दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
    छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
    • आदिवासी जनजाति खुल्लामा शंकर श्रेष्ठको उम्मेदवारी
    • डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
    • रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
    • प्रधानमन्त्री वालेन्द्रका प्रमुख राजनीतिक सल्लाहकार अशिम साह केन्द्रीय सदस्य उम्मेदवार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.