सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हतकडीले हैन, प्रमाणले बाँध्ने काम गरौं : महान्यायाधिवक्ता खरेल


  •    /१७ बैशाख २०७६, मंगलवार १६:५१ 
  • गुल्मी । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले २१औँं शताब्दीको न्याय प्रक्रिया भनेको हतकडीले बाँधेर नभई प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रक्रियातर्फ उन्मुख बन्दै गएको बताउनुभएको छ ।
    उहाँले वर्तमान अवस्थामा फौजदारी न्याय प्रशासन प्रक्रिया अघि बढाइरहँदा कुनै पनि व्यक्तिलाई बलपूर्वक वा हतकडीले बाँधेर न्यायलय सम्पादन नगरी प्रमाणले बाँधेर अपराधीलाई उम्कन नदिने गरी कार्यसम्पादन गर्न आग्रह समेत गर्नुभएको छ ।
    जिल्ला सरकारी वकिलको कार्यालय गुल्मीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै महान्यायाधिवक्ता खरेलले अनुसन्धानको क्रममा रहेका कुनै पनि व्यक्तिलाई यातना दिएर बयान गराइने अवस्थाको अन्त्य भएको भन्दै न्याय सम्पादन बिना यातना स्वतन्त्रपूर्वक आफ्ना कुरा भन्न पाउनुपर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।
    उहाँले अनुसन्धानको सिलसिलामा फौजदारी न्याय प्रशासनलाई अघि बढाउने कतिपय कुरामा आफूहरुले ध्यान दिन नसकिरहेको बताउँदै अपराध अनुसन्धानको कुरामा विचार पु¥याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
    महान्यायाधिवक्ता खरेलले अनुसन्धानको दायरामा कतिपय कुरा भनिदैन र भन्न मिल्दैन तर त्यस्ता कुरामा प्रश्न गरेर अप्ठ्यारो नपार्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
    न्याय क्षेत्रलाई विशुद्ध व्यावसायिक र मर्यादित केन्द्रको रुपमा स्थापित गर्न सकेमा मात्र संस्थाको न्याय हुने र फौजदारी न्याय प्रशासन अगाडि बढ्ने उहाँले बताउनुभयो । दुई करोड नौ लाख ९४ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त भवनमा आवास र पीडितमैत्री कक्षसहित १७ वटा कोठा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.