एभरेष्ट सहकारी : तीन हजार सदस्यको साथी, सामाजिक उत्तरदायित्वमा झनै माथि
"१० करोड शेयर पुँजी, आगामी वर्षभित्र संस्थाको सम्पत्ति ४५ करोड पुर्याउने लक्ष्य "
न्युजभित्तो/२१ पुष २०७६, सोमबार १९:५३
चितवन । सहकारीहरु एकीकरण गर्दै बलियो बनाएर जानुपर्नेमा सहकारीकर्मीहरुले जोड दिएका छन् । थोरै सदस्य लिएर सहकारी सञ्चालन गर्नभन्दा पनि आवश्यकताअनुसार सहकारी एकीकरण गर्दै ठूलो बनाएर व्यवस्थित गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् । सोमबार भरतपुरको नारायणगढमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारणसभाका क्रममा सहकारीकर्मीहरुले महानगर क्षेत्रमा एउटा सहकारीमा कम्तिमा पाँच हजार सदस्य हुनुपर्नेमा जोड दिए ।
एक सहकारी एक व्यक्ति हुनुपर्ने नियमको पूर्ण पालना गर्नुपर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिडेटका अध्यक्ष परितोस पौड्यालले बताउनुभयो । पौड्यालले बचत तथा ऋण सहकारी संस्थाहरु विशुद्ध रुपमा सदस्यहरुबीच वित्तीय कारोबार गर्ने संस्था भएकाले गुणस्तरीयता कायम गर्दै दिगो सहकारी निर्माणमा अगाडि बढ्न आग्रह गर्नुभयो । सहकारी अभियानको जागरण, विकास, व्यवसायिकरण, गुणस्तर सुनिश्चितता र सञ्जाल व्यवस्थापनका कार्यमा नेफ्स्कुन लागिपरेको उल्लेख गर्दै पौड्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डमा सहकारी आवद्ध हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बालगोपाल चुकेले १२ वर्ष अगाडि २५ जनाबाट सुरु भएको सहकारी आजको अवस्थामा आउँदा तीन हजार भन्दा बढी सदस्य भएको ठूलो सहकारी बन्न सफल भएको बताउनुभयो । संस्थाको सुरुआति शेयर पुँजी १२ लाख ५० हजार रहेकोमा हालसम्म आइपुग्दा १० करोड रुपैयाँ शेयर पुँजी पुगेको चुकेले जानकारी दिनुभयो ।
आगामी वर्षभित्र संस्थाको कूल सम्पत्ति ४५ करोड रुपैयाँ पुर्याउने लक्ष्य रहेको चुकेले बताउनुभयो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघसंस्थासँग सहकार्य गर्दै नियमित रक्तदान, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुबीच फुटबल, मधुमेह परीक्षण, वृद्धाश्रममा भोजन सेवा, मानव सेवा आश्रममा भोजन सेवा साथै अक्षयकोषमा रकम सहयोग लगायतका सामाजिक कामहरुसमेत गर्दै आएको चुकेले बताउनुभयो ।
साधारणसभाको अवसरमा संस्थाले नियमित रक्तदाता, सर्वोत्कृष्ट सदस्य, सर्वाधिक शेयर खरीद सदस्य, ज्येष्ठ शेयर सदस्य, कनिष्ठ शेयर सदस्य, सर्वाधिक खुत्रुके बचत सदस्यलगायतका विधामा आफ्ना शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सो अवसरमा संस्थाका सचिव मदन प्रसाद पौडेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कुन्दनकुमार पियाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष चन्द्रमित्र पण्डित, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष हरिश्चन्द्र सुवेदी, सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष थीरप्रसाद धिताललगायतले मन्तव्य राख्नुभएको थियो । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बालगोपाल चुकेको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक सदस्य सङ्गीता अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।