सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागलुङमा एक लाख ९३ हजार पशुचौपायालाई खोप


  •    न्युजभित्तो/२९ श्रावण २०८२, बुधबार १४:४० 
  • ढोरपाटन (बागलुङ), २८ साउन । जिल्लामा एक लाख ९३ हजार ७२२ पशुचौपायालाई खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले जिल्लाका १० वटै वडाका ८५ वडामा प्राविधिक खटाएर विभिन्न रोगविरुद्धको खोप लगाएको हो । 
    कुकुर, गाईभैँसी, राँगा, गोरु, बाख्रा, बङ्गुरलगायत पशुलाई खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख ऋषिराम सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार २५ हजार ५३१ गाईगोरुलाई खोरेत र लम्पी स्किन, ४२ हजार ७२८ भैँसीलाई खोरेत, एक लाख २५५ बाख्रा र ११ हजार ५३८ भेँडालाई पिपिआर खोप दिइएको हो । 
    चार हजार ७२८ बङ्गुरलाई हैजाविरुद्धको र आठ हजार ९४२ कुकुरलाई रेबिजको खोप दिइएको सापकोटाको भनाइ छ । गत पुसदेखि जेठसम्म चार चरणअन्तर्गत किसानको गोठमा प्राविधिक पुगेर खोप लगाएका उहाँले बताउनुभयो । किसान हिउँद र बर्खा घुम्ती बसाइँ गर्ने हुँदा चार चरणमा खोप अभियान सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो ।
    प्रमुख सापकोटले भन्नुभयो, “जिल्लाका अधिकांश किसान घुम्ती बसाइँ गर्नुहुन्छ, हिउँदको समयमा बेँसीका बारीमा पशुचौपाया बाँध्नु हुन्छ, बर्खा लागेपछि बुकी उक्लिने चलन छ, बुकीमा पुगेर खोप लगाउन सम्भव नहुने भएकाले हामीले जेठ अन्तिम सातासम्म खोप अभियान सञ्चालन गरेका हौँ । पहिले खोप लगाउन नमान्नेहरूमा अचेल पशु सुरक्षाका लागि खोप लाउनुपर्छ भन्ने मानसिकता विकास भएको छ ।” उहाँका अनुसार पशुसेवा विज्ञ केन्द्रले करिब रु एक करोड लगानीमा खोप अभियान सञ्चालन गरेका हो ।
    पहिले खोप लगाउनका लागि किसानको गोठमा पुग्दा दूध घटाउँछ, बिरामी पर्छन् भनेर नमान्ने गरेकामा अहिले फोन गरेरै खोप लगाइदिन आग्रह गर्ने प्रमुख सापकोटाले बताउनुभयो । तीन वर्ष अगाडि लम्पी स्किन रोगले वस्तुभाउ मरेपछि किसानलाई खोप लगाउनुपर्छ भन्ने चेतनाको विकास भएको उहाँको भनाइ छ । जिल्लामा अघिल्लो वर्ष दुई लाख १६ हजार ७२ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको थियो ।
    ढोरपाटन नगरपालिका–९ का किसान थमबहादुर घर्तीले दुई वर्ष अगाडि पालिकाले बुकीमा आएर भैँसी र गाईलाई खोप लगाइदिएको भन्दै त्यसपछि कुनै पनि संस्थाले खोप नदिएको बताउनुभयो । आफूले १४ वटा भैँसी, नौ वटा गाई र ५० को हाराहारीमा भेँडा पालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । गत वर्ष सात वटा भेँडा मर्दा करिब रु एक लाख नोक्सानी भएको उहाँको भनाइ छ ।
    “पहिलापहिला पशुलाई खोप लगाइँदैनथ्यो, तीन–चार वर्ष अगाडि पशु चिकित्सकले गोठमा आएर खोप लगाइदिनुभएको थियो, त्यसपछि कोही पनि आउनुभएको छैन”, घर्तीले भन्नुभयो, “नियमित खोप लगाउन नपर्ने भएर हो कि त्यसपछि कोही पनि आउनुभएको छैन । हामी गोठाला बजारमा जान भ्याउँदैनौँ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.