सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोशीका तीन लाख बढी पशुमा ‘लम्पी स्किन’विरुद्धको खोप


  •    न्युजभित्तो/२९ श्रावण २०८२, बुधबार १३:२७ 
  • झापा, २८ साउन । गाईभैँसीमा लाग्ने रोग ‘लम्पी स्किन’को सङ्क्रमण कोशी प्रदेशमा बढेपछि गोठमै पुुगेर खोप लगाउने अभियानलाई तीव्र बनाइएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

    गर्मी बढेसँगै ‘लम्पी स्किन’ रोगको सङ्क्रमण महामारीको रुपमा फैलिएपछि कोशीका १४ जिल्लामा तीन लाख ३७ हजार ३०१ पशुलाई निःशुल्क खोप लगाइएको निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहले जानकारी दिनुभयो ।

    झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलिएको छ । उहाँका अनुसार कोशीमा हालसम्ममा २४ हजार ८६१ पशु लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् भने ७६९ मरिसकेका छन् ।

    उहाँले गत वैशाखदेखि हालसम्म झापामा ९९ हजार ६७४, मोरङमा ६२ हजार १९९, सुनसरीमा ६४ हजार ४४१, उदयपुरमा १५ हजार ७३०, इलाममा ४१ हजार २८६, खोटाङमा चार हजार २९१, भोजपुरमा आठ हजार ६१५, ताप्लेजुङमा पाँच हजार ३५०, धनकुटामा १२ हजार १७५ र पाँचथरमा नौ हजार ७९४ पशुमा ‘लम्पी स्किन’विरुद्धको खोप दिइएकोे उहाँले बताउनुभयो ।

    “यो रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ”, उहाँले भन्नुभयो, “रोग नियन्त्रणका लागि पालिकामार्फत किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ ।” उहाँले रोग देखा नपरेका ओखलढुङ्गा र सोलुखम्बुका तीन हजार ७०० गाई, गोरु र राँगा, भैँसीमा खोप दिइएको जानकारी दिनुभयो ।

    यो रोग लागेका गाईगोरुमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा घाउ भएर पिप र रगत बग्ने गर्दछ । यसबाट सङ्क्रमित पशु अन्त्यमा मर्ने गरेका छन् । सूचना अधिकारी साहले रोग लागेको पशुलाई अलग्गै राख्ने, जुठो नखुवाउने जस्ता सुरक्षाका विधि अबलम्बन गर्न पशुपालकहरुलाई आग्रह गर्नुभएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.